माओवादी एमसीसीको विपक्षमा उभिने स्पष्ट छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, फागुन ८ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारको प्रतिनिधिसभा संसद बैठकमा विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरिएको बताउनुभएको छ । संसद बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना प्रस्तुत गर्नुभएको थियो ।
हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको अध्यक्ष प्रचण्डको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ ।
एमसीसी संसदमा टेबुल भएसँगै बानेश्वरस्थित संसद भवन परिसर भने तनावग्रस्त बनेको छ । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शन्कारीमाथि प्रहरीको दमन भएको र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत उहाँले व्यक्त गर्नुभएको छ ।