राजनीति |

पौडेल र प्रचण्डबीच भेट, सत्तासाझेदार दलका नेतासँग पनि भेट्दै

काठमाडौं, फागुन ९ गते । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा भेटवार्ता जारी छ ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र गठबन्धनका विषयमा छलफल गर्न काँग्रेसन नेता पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

यसलगत्तै पौडेलले सत्ता साझेदार दलहरु नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुहुने उहाँले जानकारी दिनुभएको छ ।

आइतबारको प्रतिनिधिसभा संसद् बैठकमा एमसीसी टेबुल भएको छ । यससँगै काँग्रेसले एमसीसी पास गर्नुपर्नेमा जोड दिएको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने गठबन्धन जोगाउनुपर्ने बताउँदै आउनुभएको छ ।