राजनीति |

एमसीसी संशोधन हुनुपर्छ : भीम रावल

काठमाडौं, फागुन १२ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेता भीम रावलले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का केही प्रावधान संशोधन नगरी अनुमोदन गर्न नसकिने बताउनुभएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि पत्रकारसँग कुराकानी गर्दै रावलले यस्तो बताउनुभएको हो।

पार्टीले २००६ सालदेखि राष्ट्रियताको झण्डालाई बुलन्द गर्दै आएको एमालेको नीति अनुरुप एमसीसी अगाडि बढाउन नसकिने उहाँको भनाइ छ।

‘नेपालको हित विपरीतका प्रावधान संशोधन गर्नुपर्छ। असंलग्नता, पञ्चशीलताको सिद्धान्तले पनि यससलाई अनुमोदन गर्ने अनुमति दिएको छैन’, रावलले भन्नुभयो।