राजनीति |

राप्रपाको सात विभाग प्रमुख मनोनित

काठमाडौं, फागुन १२ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न सात विभागका प्रमुख मनोनित गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुख मनोनयन गर्नुभएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।

अध्यक्ष लिङ्देनले संगठन समन्वय विभाग प्रमुखमा महामन्त्री राजेन्द्र गुरुङ, प्रचार विभाग प्रमुखमा मोहन श्रेष्ठ, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सुशासन विभाग प्रमुखमा ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुखमा आनन्द अधिकारी, वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखमा लक्ष्मी संग्रौला र खेलकुद विभाग प्रमुखमा दमन बस्नेत हुनुहुन्छ।