राजनीति |

एमाले अध्यक्ष ओली साढे १० बजे पोखरा जानुहुँदै, संसद् बैठकमा सहभागी नहुने

काठमाडौं, फागुन १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार बिहान साढे १० बजे पोखरा जानुहुने भएको छ ।

एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उहाँ अहिले जाने तयारीमा रहनुभएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिनुभयो ।

‘उहाँ पोखरा जाने कार्यक्रम छ, फर्कनुहुँदा २ बज्ला, सायद संसदमा सहभागी हुन पाउनुहुने छैन ।’, बजगाइँले बताउनुभयो ।