राजनीति |

एमालेले साढे १२ बजे आयोगमा दल दर्ता गर्दै

काठमाडौं, फागुन १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केही बेरमा दल दर्ता गराउन निर्वाचन आयोग जाने भएको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराउन लागिएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोगमा दल दर्ताका लागि जाने पनि उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ताको मिति फागुन १५ गतेसम्म तोकेको छ। आयोगका अनुसार बिहीबारसम्म २९ दलले दल दर्ताका लागि निवेदन दिएका छन्।