राजनीति |

एमाले हुम्लाको अध्यक्षमा हमाल

हुम्ला, फागुन १४ गते । फागुन ९ गतेबाट सुरु भएको नेकपा एमाले हुम्लाको ९औँ जिल्ला अधिवेशनले कलबहादुर हमालको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ ।

जिल्ला कमिटी अध्यक्षमा हमाल, उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा बिमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन हुनुभएको हो ।

अध्यक्ष र अन्य पदका आकांक्षी धेरै भएपछि नेतृत्व चयनमा केही ढिलाइ भएको थियो । सहइन्चार्ज दलबहादुर रावलले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षता मण्डलले पाँचौ दिनमा जिल्ला कमिटीको नेतृत्व चयन गरेको हो ।

जिल्ला कमिटीका लागि भूगोल र समावेशीका आधारमा सदस्य छान्ने कार्य भएको एमालले जनाएको छ । अधिवेशनको बन्दसत्रपछि जिल्ला इन्चार्ज बोगटीको संयोजकत्वमा कार्य दल गठन गरिएको छ ।

कार्यदलका सदस्यमा सहइन्चार्ज दलबहादुर रावल, दलबहादुर फडेरा, माओवादीबाट एमाले प्रवेश गरेका छिमीदोर्जे लामा, प्रदेश कमिटी उपसचिव रुप शाही, गोविन्द शाही र धन्नजय परियार छन् ।