राजनीति |

नेकपा (एस) को सचिवालय बैठक ११ बजे बस्ने

काठमाडौं, फागुन १५ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहान ११ बजे बस्दैछ । नेकपा (एस) का नेता जीवनराम श्रेष्ठका अनुसार केन्द्रीय पार्टी कार्यालयमा बस्ने बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनका सम्बन्धमा छलफल हुनेछ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा संसदको बैठक बस्दैछ । संसदबाट एमसीसी अनुमोदन लगायत वर्तमान राष्ट्रिय राजनीतिमा देखा परेका समस्या समाधानका विषयमा दलहरुको भेट तीव्र बढिरहेको छ ।

खासगरी, नेकपा (एस)ले भने यथास्थितिमा एमसीसी अघस बढ्न नसक्ने र यसको विपक्षमा मतदान गर्ने बताउदै आएको छ र यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन टुटाउने लगायतका षड्यन्त्र गरिरहेको नेकपा (एस) ले जनाएको छ ।