राजनीति |

पार्टीको मतभेदलाई अतिरञ्जित ढंगले नबुझौँ : नारायणकाजी

काठमाडौं, फागुन १९ गते। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको भतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गर्नुभएको छ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि देखिएको पार्टीको मतभेदलाई अविभिन्न ढंगले प्रचार भइरहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल भइरहेको उहाँको भनाइ छ। प्रचण्डसँगै अन्य पार्टीको नेतृत्वमा रहेका साथीहरुसँग छलफल भएको उहाँले प्रष्ट पार्नुभएको हो।

‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्विरोध लाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसँग अनुरोध गर्दछु’, श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडसँग पनि छलफल भैरहेको छ।’