राप्रपा नेपालले स्थानीय तहमा घरदैलो कार्यक्रम गर्ने
काठमाडौं, फागुन २५ गते । कमल थापा नेतृत्वको राप्रपा नेपालको बुधबारको पदाधिकारी बैठकले आउँदो चैतभित्रमा स्थानीय तहहरुमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता सुरेश आचार्यले जारी गुर्नभएको प्रेस विज्ञप्तीमा सातै प्रदेश, ७७ जिल्ला र ७५३ गाउँ तथा नगरपालिकामा पार्टीको ईकाई समिति, भातृ संगठनहरुको संगठन विस्तार तथा सुदृढिकरण तीन महिनाभित्र सम्पन्न गर्ने पनि बताइएको छ ।
यसैगरी, पार्टीको सिद्धान्त र नीतिबारे आमजनतालाई जानकारी गराउने र ‘जनताको माझमा राप्रपा नेपाल’ अभियानअन्तर्गत सातै प्रदेश राजधानीमा अन्तरक्रियात्मक भेला २०७८ पनि कार्यक्रम गर्ने पनि निर्णय भएको छ ।
राप्रपा नेपालले दश वटा विभिन्न विभागको सदस्य एवम् कार्य विभाजनको निर्णय पनि गरेको छ ।