राजनीति |

संखुवासभा दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन २५ गते। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संखुवासभाको मादी नगरपालिकामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। मादी नगरपालिका ६ पुलुङको सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। उपराष्ट्रपति पुनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्ला सडक दुर्घटनाको उचित छानबिन गरेर सो छानबिन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ छ।