जसपा सप्तरीमा समानान्तर समिति गठन
देवरामप्रसाद यादव
सप्तरी, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले जिल्ला समानान्तर समवन्य समिति गठन गरेको छ । जिवछ यादवको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला समवन्य समिति गठन गरेको हो ।
गठित समितिका उपाध्यक्षमा सुतिक्षण यादव, वीरेन्द्रकुमार मण्डल, सञ्जय मण्डल, सचिवमा राजेन्द्रप्रसाद साह, सहसचिवमा खेलानन्द साह, बुलाकी साह, भूपेन्द्र यादव, कोषाध्यक्षमा रिनाकुमारी यादव, कार्यकारिणी समिति सदस्यहरुमा टुनटुन यादव, दीपक मण्डल, हरिसुन्दर यादव, रामानन्द चौधरी, शोभाकुमारी यादव, शिवशङ्कर मण्डल, सुरज यादव, मीनाकुमारी साह, कपिलदेव मण्डल, मुनुलाल साह, रामकृष्ण साह, लगन सरदार, मनोजकुमार विश्वास, निलम भारती हुनुहुन्छ ।
कार्यक्रममा जसपाका पूर्व केन्द्रीय सल्लाहकार चन्देश्वर यादव, सीताराम सिलपलियालगायतका नेताको उपस्थित थियो । महेन्द्रराय यादव नेतृत्वका राजपाका सप्तरी अध्यक्ष जिबछ यादवले जसपा समायोजनमा भेदभाव गरेको भन्दै समानान्तर समिति गठन गरेको बताइएको छ ।