राजनीति |

धनुषा काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान

लक्षी चौधरी
जनकपुरधाम, फागुन २७ गते। नेपाली काँग्रेस धनुषा जिल्ला सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। पहिलो चरणमा तीनमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान आजका लागि तोकिएको थियो।

निर्वाचन अधिकृत अरुण ज्ञवालीका अनुसार पहिलो चरणमा बढी मत ल्याउने दुई दुई प्रतिस्पर्धीबीच पुनः मतदान भएको हो।

काँग्रेसको विधान अनुसार तीन उम्मेदवारमध्ये कुनैले पनि पनि ५१ प्रति ल्याउन नसकेपछि दोस्रो पटक निर्वाचन हुन्छ। सोही अनुसार शुक्रबार सन्तोषकुमार यादव र योगेन्द्र पञ्जियारबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि २ हजार ९ सय १२ जनाले मतदान गरेका थिए।