प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै
काठमाडौं, फागुन २९ गते। आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायम राखेको छ। पार्टीले कारबाही गरेका सांसदको सूचना सभामुखले टाँस नगरेको भन्दै लामो समयदेखि बैठक अवरोध गर्दै आएको एमालेले आइतबार अवरोधलाई कायमै राखेको हो।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नुभए लगत्तै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्। सभामुखले अवरोधबीच बैठकमा सांसदलाई धारणा राख्न समय दिनुभएको हो।
एमालेका सांसद भीम रावल र नेमकिपाका सांसद् प्रेम सुवालले आइतबारको बैठकमा धारणा राख्नुभएको छ। अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि त्यसको विपक्षमा रहेका नेताहरुले धारणा राख्नुभएको हो।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।