जसपा केन्द्रीय समितिमा स्थानीय निर्वाचन केन्द्रित छलफल जारी
काठमाडौं, फागुन २९ गते । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी छ । काठमाडौंको आइतबार दिउँसो साढे १२ बजेदेखि सुरु भएको बैठक स्थानीय तहको निर्वाचनका विषयमा छलफल केन्द्रीत रहेको पार्टी अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश्वर चौरासियाले बताउनुभयो ।
निर्वाचनमा गठबन्धन कसरी अगाडि बढाउने, वा कोसँग तालमेल गर्ने भन्ने विषयमा बैठकमा सबैले छलफल गरिरहनुभएको उहाँ बताउनुहुन्छ । यस बाहेक संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले पनि जनस्तरमा पक्ष र विपक्षको धारणा बनिरहेको र साे विषयमा पनि जसपा बैठकमा छलफल जारी छ । जसपा एमसीसी अनुमोदनको पक्षमा थियो । राजनीतिक समसामयिक र पार्टीको आन्तरिक विषयमा पनि बैठकमा छलफल भइरहेको छ । यो बैठक भोलि सोमबारसम्म चल्नेछ ।