राजनीति |

आयोगको कल सेन्टरमा आएका ५७१ जिज्ञासा समाधान

काठमाडौं, चैत १७ गते। आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले निर्वाचन आयोगमा स्थापना गरिएको कल सेन्टरमा ५७१ कल आएको आयोगले जनाएको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कल सेन्टर स्थापना भएको पहिलो दिन ३१० र दोस्रो दिन २६१ कल आएको जानकारी दिनुभयो।

प्रवक्त पौडेलका अनुसार उक्त कल सेन्टरमा मतदाताको जिज्ञासा समाधान गरिएको छ। विशेष गरेर नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षालगायतका विषयमा आम मतदाताबाट जिज्ञासा आउने गरेको उहाँले बताउनुभयो।

आयोगले स्थानीय तह निर्वाचन प्रयोजनाका लागि मंगलबारदेखि ११०२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो।