बुटवलमा प्लाज्मा थेरापीबाट उपचार गरिएकी महिलाको मृत्यु
छवि पाण्डे
बुटवल, भदौ ११ गते । प्लाज्मा थेरापीको माध्यमबाट उपचार थालिएकी कोरोना सङ्क्रमित एक महिलाको बिहीबार बिहान बुटवलमा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरकी ७० वर्षीया महिलाको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले ती महिला थाईराइड र उच्च रक्तचापको समेत बिरामी रहेको र उहाँको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँलाई यही सोमबार पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको थियो ।
प्रवक्ता डा. गौतमले बुधबारसम्म उहाँको स्वास्थ्यमा सुधार देखिएपनि रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । डा. गाैतमका अनुसार उहाँलाई बिहीबार थप प्लाज्मा दिने तयारी भइरहेको थियो ।
साउन २६ मा कोरोना सङ्क्रमण पुष्टि भएको ती महिलाको साउन ३१ गते अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।