एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते
अर्जुन काफ्ले
स्याङ्जा, भदौ १४ गते । वालिङ नगरपालिका-५ माझकोटको वालिङ चापाकोट भित्री कच्ची सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।
चापाकोटबाट बिरामी काठमाडौँ पुर्यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
एम्बुलेन्स दुर्घटनामा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिनुभयो । दुर्घटनाामा घाइते गैरे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट-९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल गम्भीर रहेको अधिकारीले बतााउनुभयो ।
घाइते दुवै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपश्चात थप उपचारको मणिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले बताााउनुभयो । उहाँले दुर्घटना के कति कारणले भयो अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।