प्रदेश |

बागलुङमा स्वास्थ्यकर्मी सहित दुई जनालाई कोरोना पुष्टि

नवीन शिशिर विक

बागलुङ, भदौ १५ गते । बागलुङको तमानखोला गाउँपालिकामा एक जना स्वास्थ्यकर्मी र एक जना स्थानिय महिलालाई कोरोना पुष्टि भएको छ ।

तमानखोला गाउँपालिका–२ का ३० बर्षिय एक जना महिला स्वास्थ्यकर्मी र २३ बर्षिय स्थनिय महिलालाई कोरोना पुष्टि भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । स्थानिय महिला व्यवसायी रहेको अध्यक्ष मगरले बताउनुभयो ।

अध्यक्ष मगरले संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा कार्यरत रहेको बताउनुभयो । उहाँले व्यवसायी महिला र स्वास्थ्यकर्मी एउटै घरमा बस्ने गरेकोले दुवै जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी गरिएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

बागलुङ कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । त्यसमध्य २ सय ६१ जना निको भएर घर फर्किसकेका छन्भने १ जनाको मृत्यु भएको छ ।