सिचाइका लागि ५० वर्ष कुरे मार्फाबासी, अहिले दुई वर्षमै पूरा
अमृतप्रसाद पौडेल
बेनी, भदौ २३ गते । हिमालपारीको जिल्ला मुस्ताङको मार्फा नामै काफि छ स्याउको स्वादको हिसाबले । मुस्ताङको घरपझोङ गाउँपालिका–२ पुरानो मार्फाको पाँच सय रोपनी स्याउ बगानमा सिंचाइका लागि पछिल्लो ५० वर्षदेखि स्थानीयले कहिले कुलो त कहिले डुँर (काँचो काठमा खपेटा बनाएर पानी बगाइने मार्ग) गर्दै आएको प्रयास अहिले आएर भने सार्थक भएको छ । गण्डकी प्रदेश सरकारको एक करोड ३३ लाखको लागत र स्थानीयको जनश्रमबाट सिंचाइको पानी आएपछि स्थानीय उत्साहित भएका छन् ।
घरपझोङ गाउँपालिका पुरानो मार्फको स्याउ बगानका लागि सिंचाइ गर्न भनि ५० वर्ष पहिलादेखि भोङखोलाबाट चार किलोमिटर भन्दा लामो दुरीबाट कुलो बनाएर पानी ल्याउँदा पूरा पानी आइनपुग्ने तथा समस्या बढी हुने गरेको थियो । स्थानीय कृषक दीपक लालचनका अनुसार अब सिंचाइ आयोजना बने पछि चार इन्चको पाइपमा पानी बाह्रै महिना आइ रहन्छ । लालचन भन्नुहुन्छ –‘स्थानीयले कुनै पनि विषादी प्रयोग नगरीकनै उत्पादीत हुने यस क्षेत्रको स्याउ लगातार तीन वर्षसम्म परीक्षण गरी पूर्ण आर्गनिक स्याउ उत्पादन गर्ने क्षेत्र भनेर सरकारी निकायबाटै घोषित क्षेत्र भएकोले अब सिंचाइको व्यवस्था सँगै अब उत्पादन राम्रो हुने भएकोले खाुसी लागेको छ ।’
अहिले गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत जलश्रोत तथा सिंचाइ सब डिभिजन मुस्ताङ मार्फत सञ्चालित आयोजनाको परीक्षण सम्पन्न भएको छ । परीक्षण सफल भयो तर हस्तान्तरण भै सकेको छैन सब डिभिजनका सव इन्जिनियर तथा साइट इन्चार्ज रमेश सुवेदीले भन्नुभयो । उहाँ भन्नुहुन्छ –‘दुइर् हजार ४ सय मिटर पाइप, एक हजार ५० मिटर आरसीसी कुलो र थप अन्य प्रयोग सहित झण्डै चार किलोमिटर मार्गबाट पानी ल्याइ पु¥याइएको छ ।’ झोङ–भोङ–दवाङ सिंचाइ योजना आयोजना निर्माणका लागि गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनको विशेष भूमिका रहेको थियो ।
इन्चार्ज सुवेदीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा परेको आयोजनाको सम्पूर्ण प्रकृया पुरा गरी २०७५ फागुन १ गते सम्झौता भएको थियो । एक वर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने उक्त आयोजना मंसिर देखिको लगातारको हिमपातले गर्दा पूरा हुन नसकी म्याद थप गरीएकोमा लकडाउनको अवधिमै निर्माण पूरा भएको हो । सिंचाइको सुविधा भएपछि स्याउ मात्रै नभएर अब अन्तरबाली अर्थात् अन्य खेती पनि गर्न सजिलो हुने अगुवा कृषक दीपक लालचनको भनाइ छ ।
लालचन भन्नुहुन्छ –‘पहिला पनि २ पटक सम्म डिपिआर गरेर सिंचाइ आयोजनाका लागि पहल भएको थियो तर त्यो समय हुन सकेन, अहिले आयोजना सम्पन्न हुँदा कृषकहरुमा उत्साह जागेको छ ।’ उहाँ थप्नुहुन्छ ‘ सांसद चन्द्रमोहन गौचनको प्रयासमा आयोजना प¥यो हामीले झण्डै ६ लाख बराबरको जनश्रम ग¥र्यौं ।’