प्रदेश |

इलाका प्रहरी कार्यालय चन्द्रपुरका २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

यादवराज पुरी

रौतहट, भदौ २४ गते । पूर्व- पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार संकलन गरीएको स्वाबको पिसीआर रिर्पोट बुधबार बिहान आएपछि उक्त संक्रमण पुष्टि भएको हो । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी )सहीत २० जना प्रहरीमा संक्रमण देखिएको हो ।

कोराना संक्रमित प्रहरीहरुलाइ होम आइसोलेसन तथा चन्द्रपुर नपा २ मा रहेको आइसोलेसनमा राखिने बताइएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी र केही स्थानीयसहित शुक्रवार ४१ जनाको स्वाब संकलन गरीएको थियो ।

स्वाब संकलन गरीएको ४१ जना मध्ये २८ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिनुभयो।