धुलिखेलको एउटै टोलमा २५ जना कोरोना संक्रमित
मधुसुधन तिमल्सिना
काभ्रे, भदौ २४ गते । धुलिखेल नगरपालिका वडा न ९ काभ्रेभञ्ज्याङको एउटै टोलमा २५ जनामा कोरोना सङक्रण भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले उक्त टोलमा लक्षण सहितका २५ सङक्रमित पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलका नौ बर्षका बालकबालिका देखी ८० बर्षका बृद्धबृद्धा सङक्रमित भएका छन । ज्वरो लगायतको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको धुलिखेल स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लामा सङक्रमण दर बढ्न थालेपछि स्वास्थ्य कार्यालयले नियन्त्रणका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय लगायतसँग छलफल गरिरहेको डा. झाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३६३ सङक्रमित पुगिसकेका छन । धुलिखेल नगरपालिकामा मात्र ९१ जनामा सङक्रमण पुष्टि भएको छ ।