तनहुँको सशस्त्र प्रहरी गणमा कार्यरत पाँच जनामा कोरोना संक्रमण पुष्टि
अमरराज नहर्की
तनहुँ, भदौ २६ गते । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको कोभिड १९ को परिक्षणमा तनहुँको भानु नगरपालिकामा शुक्रबार १० जनाको रिपार्ट पोजेटिभ आएको छ ।
पोजेटिभ आएका मध्य वडा नम्बर २ स्थित शसस्त्र प्रहरी गण मनकामना भानुमा कार्यरत पाँच जना र समुदाय स्तरमा पाँच जना रहेको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ । सङक्रमितहरु बढ्दै जान थाले पछि भानुको अवस्था जटिल बन्न पुगेको छ ।
शुक्रबार वडा नम्बर १ मा एक पुरुष र एक महिला गरी दुई जनामा पोजेटिभ आएको छ । पुरुष ४५ वर्ष र महिला २७ वर्ष रहेको निर्देशानालयले जनाएको छ । वडा नम्बर ६ मा तीन जनाको पोजेटिभ आएको छ । ६२ वर्षिया महिला र ४२ र ५९ वर्षिय पुरुषको पोजेटिभ आएको छ । दश जना थपिएसँगै शुक्रबार सम्ममा भानुमा ७६ जनामा कोरोना सङ्क्रमण भईसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिनुभयो ।
समुदाय स्तरमा पैmलदै गएपछि भानु नगरपालिकामा भदौ मसान्त सम्मको लागि निषेध आज्ञा जारी गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । सङ्क्रमण देखिएका क्षेत्रहरुमा कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्ने भएका शङ्का लागेका नागरिकहरुले पिसीआर परिक्षण गर्नको लागि समन्वय गर्न आव्हान गरिएको नगर प्रमुख गौली बताउनुहुन्छ ।