प्रदेश | समाज |

बाह्रबिसेका स्थानीयले क्षमादेवीको जात्रा मनाए

गाेरखापत्र अनलाइन

काठमाडाैं, पुस १५ गते । यःमरी पूर्णिमाको दिन सिन्धुपाल्चोक बाह्रबिसेका स्थानीयहरुले क्षमादेवीको जात्रा मनाएका छन् । बाह्रबिसे बजारभन्दा माथिको डाँडामा अवस्थित क्षमादेवीलाई स्थानीय गुठी तथा स्थानीय मिलेर खटमा राखेर डाँडाबाट बजारमा ल्याई जात्रा गरिएकाे छ 

त्यहाँका स्थानीयहरुका अनुसार ३८ सालको भोटेकोशी बाढीले बाह्रबिसे बजार र वरपरका भेगलाई पूरै तहसनहस हुने गरी क्षति पु¥याइएका थियाे । सोही समयमा क्षमादेवीको मन्दिर भएको डाँडाको भेगबाट तीनवटा ज्वाला आइ बजारभन्दा माथि र वरपर गइबसेपछि भोटेकोशीको बाढी सुकेर बजार सुरक्षित भएको विश्वास गरिन्छ ।

स्थानीय तथा त्यस भेगमा बसोबास गरी आएकाहरुले आजसम्म पनि क्षमादेवीको कृपाबाट आफ्नो बासस्थानको सुरक्षा भै आएको विश्वासका साथ यो जात्रा मनाउँदै आइरहेका छन् ।मूलतः यो जात्रा दुईसम्म मनाइन्छ, पहिलो दिन डाँडामा अवस्थित क्षमादेवीलाई बजार परिक्रमा गराएर पुरानो बाह्रबिसे बजारमा लगेर राखिन्छ ।

दोश्रो दिन आ–आफनो घरबाट पूजा लगी क्षमादेवीको खट राखिएको ठाउँमा गएर पूजाआजा गरिन्छ । पूजा गरिए देवीले स्थानीयकाे सुरक्षा गरिदिने विश्वास गरिएकाे छ ।