प्रदेश |

भक्तपुरमा अखाद्य र म्याद नाघेका वस्तु बिक्री   

    
मध्यपुरथिमि, असार ३० गते । भक्तपुर नगरपालिकाले खाद्य पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य पदार्थ बिक्रीमा राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज लिवाली क्षेत्रमा भएको अनुगमनमा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा विवरण नराखी बिक्री गरिएको पाइएको छ । हातले विवरण लेखिएको र म्याद नाघेको सामान जफत गरी नष्ट गरिएको छ ।    

शर्मिला किराना पसल, आयान किराना पसल, नवीन स्टोर, लिवाली खाद्यान्न स्टोर, लबजू किराना पसल, आशगोपाल किराना पसललगायत खाद्य सामग्री पसलको अनुगमन गरिएको थियो । अनुगमनमा मूल्यसूची नराख्ने, खरीद बिल र बिक्री बिल लिनेदिने नगरिएको, तराजु नवीकरण नगरिएको, म्याद गुज्रेका सामान बिक्री गरिएको पाइएको छ ।