खेलकुद |

वीर गणेशमानसिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने

गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ४ गते । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुनेभएको छ । गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना हुने सो प्रतियोगिता कात्तिक ९ देखि १६ गतेसम्म हुनेछ ।

सो प्रतियोगिता गर्न नेपाल टेनिस संघको प्राविधिक सहयोग रहने बताइएको छ । यस प्रतियाागितामा सिनियर महिला, पुरुष र जुनियर छात्र एवम् छात्रा गरी २३ इभेन्ट खेलाइने भनिएको छ । सिनियरतर्फ पुरुष एकल, पुरुष डबल, महिला एकल र महिला डबल प्रमुख इभेन्टको रुपमा रहनेछ ।

यसैगरी, पुुरुष ३५ वर्षमाथि, पुरुष ४५ वर्षमाथि, पुरुष ५५ वर्षमाथि र पुरुष ६५ वर्षमाथिका इभेन्टमा एकल र डबल खेलहरु सञ्चालन हुनेछन् । जुनियरतर्फ ब्वाइज र गल्र्स दुवै वर्गमा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ मा एकल प्रतियोगिता हुनेछ । ब्वाइज र गल्र्समा खुल्ला डबल्सको पनि प्रतिस्पर्धा पनि हुने बताइएको छ ।

पुरुष र महिला एकलमा विजेताले ८० हजार, उपविजेताले ४० हजार र तेस्रो स्थान हासिल गर्नेले २० हार रुपियाँ पाउने छन् । अन्स सबै सिनियर इभेन्ट्समा पनि नगद पुरस्कारको व्यवस्था छ । जुनियरतर्फका इभेन्टसमा विजयी खेलाडीलाई गिप्mट ह्याम्परले पुरस्वृmत गरिने आयोजकले बताएको छ । संयोजक भाष्करमान सिंहले प्रतियोगिता आयोजना गर्न २० लाख रुपियाँ लाग्ने जानकारी दिनुभयो ।