काँग्रेस र एमालेद्वारा प्रदेश १ काे प्रदेशसभा बैठक रोक्न निवेदन दर्ता
गाेकुल पराजुली
विराटनगर, कात्तिक ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजको प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गराएको छ ।
आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलकाे तयारी भइरहेको बेला काँमग्रेसले बैठक रोक्न माग गरेको हो ।
काँग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक रोक्न र कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको छ ।
काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको हो भने एमालेले काँग्रेसले बैठक स्थगित गर्न माग गरेको र अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेलसम्मका लागि बैठक रोक्न माग गर्दै निवेदन दर्ता गरेको हो ।