प्रदेश | समाज |

भगवान रामको तिलकोत्सव सम्पन्न

धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर २० गते । प्रदेश नं.२ को राजधानी जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव अन्र्तगत सोमबार भगवान रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन स्थानीय महाविर युवा कमिटील जनकपुरधामको राम मन्दिरको प्राङ्गनमा आज आयोजना गरेको तिलकोत्सव कार्यक्रममा जनकपुरको जानकी मन्दिर वाट १०८ वटा कोसेली राम मन्दिर पठाइएको थियो ।
कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जगत जन्नी माता सिताको वुवा राजा जनकको भूमिका र राम मन्दिरका महन्थ राम गिरीले भगवान रामको वुवा राजा दशरथको भूमिका निर्वाह गरि भगवान रामको तिलकोत्सव गरेका थिए । उक्त अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास र राम मन्दिरका महन्थ राम गिरी विचमा मैथली परम्परा अनुसार समधी मिलनको कार्यक्रम गरिएको थियो । कार्यक्रममा मैथलानी महिलाहरुले विभिन्न खालका मैथली मंगल गीतहरु गाएर कार्यक्रममा सहभागि भएकाहरु लाई मनोरंजन प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं.२ का उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले मिथिलाको कला संस्कृतिको विश्वमा एउटा छुटै पहिचान भएको भन्दै यस प्रकारको संस्कृतिलाई जोगाइ राख्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भगवान राम र जगत जन्नी सीताबीच विवाह भएको सम्झनामा मनाइने विवाहपञ्चमी महामहोत्सवले पर्यटन प्रवद्धनमा टेवा पुगेको भन्दै आउने दिनमा यसलाई अझ व्यापक वनाउनको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको तिलकोत्सव कार्यक्रममा सहभागिता रहेको थियो । भगवान रामको तिलकोत्सव कार्यक्रम हेर्नका लागि नेपाल भारतको विभिन्न क्षेत्रबाट हजारांैको संख्यामा सर्वसधारणको भिडलागेको. थियो । सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव अन्र्तगत मंगलबार पाँचौ दिन माता जानकी को मटकोरको कार्यक्रम रहेको जानकी मन्दिरले जनाएको छ ।