प्रदेश |

बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर

गोकर्ण दयाल

बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो,“ घाईतेको उद्धारका लागि पाटनबाट जिप पठाएका छौं । उद्धारका लागि सलेना प्रहरी चौकीबाट प्रहरी पनि खटिएका छन् । घाईतेको नामावली खुल्न सकेको छैन ।”
दुर्घटनामा घाईते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।