शैया अभावले सुत्केरी भुइँमा
शालिग्राम नेपाल
चितवन, फागुन २० गते । बिरामीको चाप वृद्धि भएपछि भरतपुर अस्पतालको प्रसूति कक्षमा श-या अभाव हुन थालेको छ । प्रसूति सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएपछि अस्पताललाई व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । चितवन, नवलपरासी, मकवानपुरसहित छिमेकी जिल्लाका गर्भवतीहरू प्रसूतिका लागि भरतपुर अस्पताल आउने गरेका छन् । गर्भवती अवस्थामा अन्य निजी अस्पताल र क्लिनिकमा जँचाउने गरे पनि सुत्केरी हुन भरतपुर अस्पताल नै आउने गरेकाले श-या अभाव हुने गरेको अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. सुनीलमणि पोखरेलले बताउनुभयो ।
अस्पतालमा गत साउनयता आठ हजार आमाले शिशु जन्माइसकेका छन् । यो सङ्ख्या गत वर्ष नौ हजार ७६६ जना थियो ।अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. पोखरेलले दैनिक ४० देखि ४५ जनाले बच्चा जन्माउने गरेको जानकारी दिनुभयो । तीमध्ये एक तिहाइ गर्भवतीको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष सुत्केरी गराउनेको सङ्ख्या निकै बढेको उल्लेख गर्दै उहाँले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको उहाँले बताउनुभयो ।
बच्चा जन्माइसकेका आमाहरू ठाउँ अभावमा भुइँमा बस्नुपर्ने बाध्यता छ । पोख्रेलले भन्नुभयो, “अहिले दैनिक १०/१५ जना भुइँमा सुत्न बाध्य छन् । ” अस्पतालमा १५० श-या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोस्टअपमा १२ शøया प्रसूतिका लागि छ । यससँगै १६ वटा मेडिकल क्याबिन रहेको छ । ” उहाँले भन्नुभयो, “बिरामीको चाप बढी भएका कारण सुत्केरी भुइँमा सुत्न बाध्य छन् । चाहेर पनि श-यामा राख्न सकिएको छैन । ”
शल्यक्रिया गरेकालाई भुइँमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकालाई भुइँमा राखिन्छ । कोभिड–१९ को प्रकोपसँगै पछिल्ला महिनामा १५ देखि २० जना सङ्क्रमितको प्रसूति यहाँ हुने गरेको छ ।अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत रहेको तर बिरामीको चापले गर्दा कठिन अवस्थामा सेवा दिँदै आएको जानकारी दिनुभयो । “अस्पतालमा छुट्टै प्रसूतिगृह आवश्यक छ । हामीले यो विषयमा पहल गरिराखेका छाँ”,
उहाँले भन्नुभयो ।पौडेलले भन्नुभयो, “अस्पतालले छुट्टै प्रसूति गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम अघि बढाएको छ । सुरुमा सुविधासम्पन्न ५० शøया निर्माण गरी पछि थप गर्दै लैजाने गरी प्रसूतिगृह निर्माण गर्न लागिएको उहाँको भनाइ छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो । यसै वर्ष पनि दैनिक ७० जनासम्मको प्रसूति गराएको र हरेक वर्ष तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ ।