प्रदेश |

काँग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

राजविराज, फागुन २७ गते । नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी शत्रुघन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो ।