आधारभूत अस्पताल कतै सुरू, कतै अलमल
केदार तिमल्सिना
बनेपा, चैत ३ गते । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सङ्घीय सरकारले सुरु गरेको आधारभूत स्वास्थ्य केन्द्र बनाउने काम काभ्रेका केही स्थानीय तहमा सुरु भए पनि केही तहमा भने अझै पनि सुरु हुन सकेको छैन । सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य केन्द्र बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो ।
धुलिखेल नगरपालिकाले वडा नं. ९ काभ्रे भञ्ज्याङमा १५ शøयाको आधारभूत अस्पताल बनाउने काम दु्रत गतिमा अघि बढेको जनाएको छ । धुलिखेल नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईंले आधारभूत अस्पताल निर्माणको करिब २० प्रतिशत काम सम्पन्न भएको भन्दै उक्त अस्पताललाई सरुवा रोग अस्पतालका रूपमा विकसित गरिने बताउनुभयो ।
रोशी गाउँपालिका–१, खहरेपाँगुमा १० शøयाको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने भवन निर्माणको काम भइरहेको भन्दै पालिकाका इन्जिनियर भुपेन्द्र अधिकारीले भवनको पहिलो तला ढलानको काम सकिएको र अस्पताल निर्माणको काम बहुवर्षीय ठेक्कामार्फत भइरहेको बताउनुभयो । यसैगरी महाभारत गाउँपालिकामा अस्पतालको भवन निर्माणको कामअन्तर्गत भवनको पहिलो टाइबिमको काम सकिएको गाउँपालिकाले जनाएको छ ।
बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बनेपा नगरपालिका–४, नालामा बन्ने आधारभूत अस्पतालको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) निर्माण गरी स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ महिना बितिसक्दा पनि मन्त्रालयबाट कुनै प्रतिक्रिया र प्रक्रिया अघि नबढाइएको बताउनुभयो ।
उहाँले मन्त्रालयको प्रतिक्रिया नआएका कारण अस्पतालको काम अघि बढाउन नसकिएको बताउनुभयो । खानीखोला गाउँपालिकामा बागमती प्रदेश सरकारले १५ श-याको अस्पताल बनाउने योजनाअनुुरूप काम भइरहेकोले सङ्घीय सरकारले अघि सारेको अस्पताल बनाउने काम गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको गाउँपालिकाले जनाएको छ ।यस्तै मण्डनदेउपुर नगरपालिकामा आधारभूत अस्पतालका लागि आवश्यक जग्गा प्राप्त गर्ने प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । भुम्लु गाउँपालिकामा अस्पतालका लागि जग्गा सम्याउनेलगायतका काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
बेथानचोक गाउँपालिकामा अस्पतालको अबको केही दिनमा नै ठेक्का सम्झौता हुने प्रक्रियामा रहेको र तेमाल गाउँपालिकामा अस्पताल निर्माण गर्ने भनिएको जग्गा बुट्यानका रूपमा दर्ता भएकोले उक्त जग्गालाई सार्वजनिक जग्गा कायम गर्न वन मन्त्रालय तथा विभागमा अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । सरकारले पाँच श-याका लागि सात करोड ११ लाख, १० शøयाका लागि दस करोड ८६ लाख र १५ शøयाको अस्पताल निर्माणका लागि १८ करोड छ लाख रुपियाँ विनियोजन गरेको छ ।