प्रदेश |

ज्येष्ठ नागरिकको सम्मान

मकवानपुर समाचारदाता

हेटौँडा, चैत २१ गते । नेपाली काँग्रेसले घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ अभियानअन्तर्गत ज्येष्ठ नागरिक तथा एकल महिलाको सम्मान गरेको छ । अभियानअन्तर्गत नेपाली काँग्रेस हेटौँडा उपमहानगर–२, पल्पसा टोल समितिले आइतबार आयोजना गरेको कार्यक्रममा काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ज्येष्ठ नागरिक तथा एकल महिलालाई दोसल्ला ओढाउनुभयो ।

कार्यक्रममा काँग्रेस सहमहामन्त्री उपाध्यायले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन काँग्रेसले योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले महिला र ज्येष्ठ नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सुविधामाथिको पहुँ च बढाउन आवश्यक देखिएको बताउनुभयो ।
पल्पसा टोल विकास समितिका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, रवीन्द्र घिमिरेलगायतले ज्येष्ठ नागरिकको सम्मानले समाज विकासमा सहयोग पुग्ने बताउनुभयो ।