प्रदेश | पर्यटन |

पत्ता लाग्यो रमणीय नौसरे झरना


राजन रावत
हुम्ला, चैत २६ गते । प्राकृतिक रुपमै उपलब्ध हुँदै आएका रमणीय पर्यटकीयस्थल बढी भएको हिमाली जिल्लामा नौसरे झरना पत्ता लागेसँगै यसको प्रचारप्रसार गर्नु आवश्यक देखिएको छ । कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको नजिकै पर्ने ताक्रु खोलामा सो झरना पत्ता लागेको हो ।

हालसम्म बाह्य मानिसका लागि सार्वजनिक हुन नसकेको यो झरनाका विषयमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लोकजंग शाहीले निक्कै सुन्दर र रमणीय भएको बताउनुभएको छ ।
उहाँले यो झरना नौ वटा स्टेप रहेको र सो स्थान पुुग्न उत्तरीतर्फको कर्णाली करिडोरको ताग्रुु खोलाभन्दा दश मिनेट पैदल हिँडेर पुग्न सकिने बताउनुुभयो ।

मानसरोवर कैलाशको दर्शन गर्न भारतीय तथा अन्य देशका पर्यटकहरु पनि सोही क्षेत्र भएर जाने भएको कारण यसको पर्यटकीय महत्व झन बढ्ने उहाँले बताउनुुभयो ।
उक्त स्थानसम्म सडक यातायात सञ्चालनमा आइसकेकाले सदरमुुकाम सिमकोटबाट डेढ घण्टाको यात्रापछि पुुग्न सकिनेछ ।