आशङ्का (कथा)
भाउपन्थी
कुरा बनाउनुप¥यो । कुरा यसरी बनाउनुप¥यो, नसुनी नहुने । चारैतिर बनाइएका कुराहरूको रज्जगज्ज छ । बूढाले विज्ञापनमा पनि बनाइएका कुरा मात्र हुन्छन् भन्ने मान्छ । बाहिर आवरणमा एउटा कुरा भित्र अर्को । राजनीतिमा पनि त्यही छ । बुढो मात्र किन कुरा बनाउनुबाट पछि परिरहेछ । जिन्दगीलाई एउटा सोझो रेखाभैmँ बाँच्यो । गल्ती ग¥यो ? ऊ आपैmँसँग सोध्न सक्थ्यो । आज पचहत्तर छयहत्तर वर्ष भइसक्यो, कसैले उसलाई यो मान्छे यै हो भनेर भन्न सकिरहेका छैनन् । सक्ने पनि होइनन् भने हुन्छ । पहिचान छैन । बाटोमा हिँड्दा कसैले उसलाई ए तपाईं नै त्यो व्यक्ति हो भनेर सोधेको हैन । बडो खल्लो लाग्छ । एउटा बूढो हिँडिरहेछ एउटा जीवन बाँचेर र कसैले उसलाई एकछिन उभिएर एउटा शब्द पनि भलाकुसारीमा भनेको हुन्न । कारण के ? कुनै एक व्यक्तिको जीवनमा कम्तीमा एउटा पहिचान उसले स्थापित गर्न सक्नुपथ्र्यो । त्यो हुनसकेन ।
बुढोभित्र एउटा लोभ उर्लेर आयो । केही गरूँ । के
गर्ने ? बिहानै उठेर अरूले भैmँ ऊ नित्यकर्म गर्छ । गर्दै आएको छ । नित्यकर्ममा नुहाइधुवाइ पनि छ । उसको मनमा एउटा आशङ्का छ, कुनै दिन कोपरा थापेर नित्यकर्म गराइएला । त्यो अवस्था आउनुअघि चुपचापले महायात्रामा निस्कन पाए हुन्थ्यो । यात्रा भनेपछि त्यो छुटेको छ । कुनै एक दिन समुद्रको सयर गर्न क्रुज यात्रामा निस्कने उसको रहर थियो । जीवनमा सबै रहर पूरा हुँदारहेनछन् ।
नित्यकर्मपछि दुईवटा सिन्केधूप भगवान्को तस्बिरका अगाडि बाल्छ, श्रद्धासाथ । धूप पनि बाल्नु र अश्रद्धाले, त्यसले फल दिँदैन । ईश्वरहरू पनि मानिसको श्रद्धा जाँच्ने ताकमा हुन्छन् । आज जे चाहियो त्यसैका लागि भगवान्को तस्बिरका अगाडि उभिएर प्रभो मलाई यो कुराको अभाव छ, त्यो दिनोस् भनेर एकैछिनको प्रार्थनाले हुँदैन । तपस्या चाहिन्छ । पचास वर्षजति उसले धूप बाल्दै आएको छ । उसको तपस्या ।
उसले भगवान्सँग माग्ने कुरो त यही थियो, मानिसहरू उसलाई चिनुन् । कस्तो खालको मानिस भनेर चिनुन् ? यो उसले सुनिश्चित गर्न सकेको छैन । उसलाई चिन्नेमध्ये अनेकले उसलाई अनेक रूपमा चिन्छन् । कसैले यो पनि भन्न सक्छ–
‘यो मान्छेको भर नगर्नू । यसले अन्तिम समयमा धोका दिन्छ ।’
अन्तिम समयसम्म ऊ पत्नीसँग मात्र हिँडेको छ । उसले भन्न सक्छे यो मानिसले अन्तिम समयसम्म धोका दिएन । अन्तिम समय आउलाआउला जस्तो भइरहेछ उमेरका कारण ।
‘स्वार्थी छ ।’ अर्कोले भन्न सक्छ ।
अर्कोले भन्ला, ‘होइन कर्मठ मानिस हो ।’
‘लप्प्नछप्पन छैन । आफ्नो बाटो हिँड्छ । सोझो छ ।’
‘ठगिएको छ । छक्कापञ्जा जान्दैन ।’
‘ठगिएको ? ठग्छ । मान्छे चिन्न सक्नुप¥यो नि ।’
लप्पनछप्पन र छक्कापञ्जा जान्दैन भन्नु एकैएकै भए पनि ऊ अलि बढी फुरुङ्ग पर्न सक्थ्यो तर त्यसले उसको आवश्यकता पूरा हुँदैन । आवश्यकता माने भित्री पहिचानको भोक । उसको बिहे तय हुँदा भनियो, ‘केटो पढेलेखेको छ । जागिर छ । परिवार पाल्न सक्छ । अरू के चाहियो ?’ पहिचान यही भयो । बिहे भयो । गृहस्थी चलिरहेछ ।
अघि भनिसकिएको छ ऊ ईश्वरको तस्बिरका अगाडि सिन्के धूप बाल्छ । त्यसपछि एक कप चिया । कालोभन्दा दूध हालेकै चिया चाहिन्छ । कप हातमा लिएर एकछिन घोरिन्छ । घोरिनुको परिधि धेरै फराकिलो हुन्न । सोच्छ अब म एक्लो भएँ । पत्नीसहित । एउटा एकाइको एक्लोपन । छोराछोरी बढेपछि तिनको बुद्धिको विकास भइसकेको हुन्छ । उनीहरू पनि आआफ्नो पहिचान स्थापित गर्न र बिहेपछि घरव्यवहार चलाउनतिर लागिसक्छन् । उनी नै हाम्रो पिता हुन् र यिनी नै हाम्री माता हुन् भनेर चिन्ने चिनाउने गर्छन् । मातापिता अथवा बाबुआमा । जे भने पनि त्यो साइनोले मात्र मर्यादापूर्वक निर्वाह गर्न बाध्य पार्छ नत्र ती सन्तानैले भन्ने थिए– त्यो बुढो त्यो बुढी ! रातभरि खोकेको सुनिन्छ । छिमेकमा असल र स्वस्थ मानिसको अभाव छ । ओ साला ! यसमाथि
कोरोना ! (कोरोना त पछि आयो । तैपनि ।)
बुढाका मातापिता उसको यो उमेर होउन्जेल स्वाभाविक छ बितिसकेका छन् । सासूसासुरा ? ती पनि दिवङ्गत भइसके । ऊ पत्नीसहित एक एकाइ भएर बाँचिरहेछ । भित्र उल्लासको कमी आइरहेछ । भित्रको बलको स्रोत सुकिरहेछ । बाहिर बुढेसकालमा मानिस समाजबाट काटिँदैकाटिँदै आफ्नै संसारमा निमग्न रहन थाल्छ । यस्तो अनुभूति गरिरहेछ । कतिको भयो ? पचहत्तर–छयहत्तर ! कसैले यसो हात समातेर एउटा मेचमा बसाल्दै यो सोध्दैन– जीवनको कस्तो अनुभव रह्यो । उसलाई त्यो पनि खासै मन पर्दैन । कतै पनि काम लाग्न नसक्ने भएपछि पाइने सहानुभूति ! कहीँकतैको यात्रामा निस्कँदा भीरमा खसेको बसको यात्रुलाई उद्धार गरेर घरठेगाना सोधेजस्तो लाग्छ । के छ जीवनमा सोध्नुपर्ने अरूले ? जीवन आफ्नै अनुभवको सङ्ग्रह हो । अनि कस्तो अनुभव रह्यो भन्नुको मतलब ? अलि तिक्तता सङ्ग्रह भएको छ उसभित्र । थैली भेट दिएका छौ वा ऊभरिको सिक्का तौलेका छौ जीवन सेभेन्टी फाइभ बाँच्यो भनेर ।
मर्निङवाकजस्तो केही भइदिन्छ कहिलेकाहीँ । धेरै एक्सरसाइजले हड्डीहड्डी थकाइदिन्छ । किन हिँडिएछ बेसी भन्ने गराउँछ । घर फर्कंदा घरभित्र व्यवस्थित भएर नबसुन्जेल पत्नी बोल्दिन । केही निषेध छन् घरमा । अन्तिम मूल्याङ्कन गरेसरह ऊ यो भन्न चाहन्न मेरा पति बाङ्गा मान्छे हुन् । त्यो नै अन्तिम मूल्याङ्कन हुनसक्छ उनी कुर्सीमा बसेको बस्यै परलोक गमन गरे भने । अट्याक जस्तोले लैजान्छ भन्ने पनि छ । गए भने एउटा सम्झना रहन्छ, उनी साथमा नभए पनि । बुढाकी आमा मध्यराततिर घरबाहिर निस्केर स्वर्गीय पतिसित कुरा गर्थिन् । कुन्नि कसरी बेलाबेला कुन कुरोमा असहमत हुन्थिन् र झर्किन्थिन् । जीवनभरि साथ रहेकाहरूसित त सहमत हुन सकिन्न भने अरूका के कुरा भनेर आफ्नो दुःख जस्टिफाइ गर्थिन् । बुढाकी पत्नीले पनि मनमा यस्तै कुरा राख्दी हो भनेर सोच्थ्यो ।
बुढो घरभित्र छिरेपछि एउटा कुरो यो थियो, बाहिरी हीनताबाट मुक्त हुन्थ्यो । मान्थ्यो म आफ्नै साम्राज्यभित्र आइसकेको छु । जहाँ मेरो एकछत्र रजाइँ चल्छ । त्यसपछि ऊ एक कप कालो चिया पिउँथ्यो । कागती निचोरेको भए बढिया । कागती कालो चियामा राखेर खाएपछि ग्यास्टिक हुँदैन भन्ने धेरै अघिदेखि अन्धविश्वासको स्तरमा मान्य थियो । बुढो पनि अनुसरण गथ्र्यो । कालो चियामा गुलियो र अमिलोले अर्कै स्वाद पैदा गर्थे । पिउँथ्यो, कागती नभए पनि सादा कालो चिया । बुढीलाई कागती किन नल्याएको भनेर प्रश्न गर्दैनथ्यो । यो उमेरमा प्रश्न गर्नुको कुनै औचित्य छैन । आज नल्याए कागती भोलि ल्याइन्छ । उति सोचेर आफूलाई रिसाउनबाट वञ्चित गथ्र्यो । पछि अलिकति निद्रा लिने उपक्रम गथ्र्यो ।
एउटा ब्ुढाभित्र एउटा तृष्णा जस्तो थियो, कुरा बनाइहेरूँ । कुरा बनाउन उसलाई आउँदैनथ्यो, नेताहरूले झैँ । यो मुलुकका नेता सारै बदनाम छन् । कुरा मात्र बनाउँछन् काम कत्ति गर्दैनन् भनेर । ऊ कुरा बनाएर बुढीमाथि ट्राइ गरिहेर्न चाहन्थ्यो । भन्थ्यो– आज त्यो मानिस भेट भयो । वास्तवमा उसले कसैलाई भेटेको थिएन । उसलाई लाग्थ्यो सबै मानिस ऊदेखि तर्केर हिँडिरहेका छन् । उसलाई चिन्दैनन् र पनि किन तर्केर हिँडिरहेछन् ? बाटो छोडेका हुन् कि बुढो देखेर,
आदरले ? वास्तवमा ऊ त्यति बुढो छैन । यो उसको अड्कल हो । मानिसको सरदर आयु बढेको छ । एक पचहत्तर वर्षको जवान– तरुनो । पचहत्तरपछि छयहत्तरतिर लागेको । कपाल यद्यपि उसले रँगाएको छैन तर छाँटेर हिँड्छ ।
हिँड्दा अलि खोच्याउँछ ? त्यस्तो पनि छैन । कुनै एक्सिडेन्टमा परेको वा सानोमा स्कुल जाँदा मोटरसाइकलले ठक्कर
दिएको ? तर ऊ स्कुल जाँदा बाटोमा यति बाक्लै मोटरसाइकल कुद्दैनथे । कुरा मिलेन । सानैमा स्कुल जाँदा ऊ बाटामा लडेको थियो कि ? त्यो हैन ।
यी सब एक किसिमका कन्था हुन् । उसले सोच्यो । मुख्यतः उसले कुरा बनाउन सिकेको छैन । जस्तै अहिले उसले पत्नीलाई भनेको छ– आज त्यो मानिस भेट भयो । यसमा उसले यति मात्र थप्न सक्थ्यो– बाटोमा । पत्नीले उसका कुरातिर ध्यान दिइन् । कुनै कुरो ठेगानको हुँदैन बुढाको । को भेटियो ? कुन मानिस ? मानिस मैले चिनेको पनि हुनुप¥यो । अब यिनका कुरा सुनेर बस्ने हो भने पनि कुरा बनाउन जाने पो । गफै दिन नजान्नेले बाटोमा मानिस भेटियो
रे ? गफ दिन जानेको भए माथि ओहदैमा पुग्ने थिए । भित्र कुण्ठा छ । कुण्ठा पालेका छन् । यता अकस्मात् यो लकडाउन आयो । कतै जान नपाएपछि भन्छन्– कहिलेसम्म थुनिएर बस्नुपर्ने हो । साले अनिकालेहरूले चमेरो नै
खाएपछि ? लकडाउन खुकुलो भएको छ त नि यसो डुलेर आउनुस् न त मास्क लगाएर भनेकी हो बुढीले । पाएदेखि मासु वा माछा ल्याउनुहोला पनि भनेकी हो । रित्तै फर्केका छन् । बिर्सन थाले । अहिले आरामले सुतेका छन् । सुतेका मात्र छन् कि ? खोक्ने पनि गर्दैनन् । श्वाप्रश्वासको गति पनि छ वा छैन ? कहिलेकाहीँ ठट्टैमा भन्थे– तँ पहिले कि म पहिले ?
बुढीमान्छे नजिक गएर हेर्न पनि डराएकी छन् ।
उनले मोबाइल थिचेर एउटा छोरोलाई बोलाएकी छन् ।
‘छिट्टै आइज त । आएर हेर् त तेरा बाउलाई के भयो ?’
बुढी अत्तालिएकी पनि हुन सक्छिन् ।