शनिवार |

निमुखा (कविता)

राजुबाबु श्रेष्ठ

मनका इच्छा दबाएर बाँच्नुपर्ने भयो
रहर सबै जलाएर हाँस्नुपर्ने भयो
हामी निमुखाले हजुर हामी निमुखाले ।

आफ्नो सास आफ्नै जस्तै फेर्न पाइएन
दुःख बिसाई सुखको दिन हेर्न पाइएन
पीडाहरु लुकाएर हाँस्नुपर्ने भयो
सधैँ नजर झुकाएर बाँच्नुपर्ने भयो
हामी निमुखाले हजुर हामी निमुखाले ।

दुःख जति हाम्रै भागमा पारिदिए जस्तो
दैवले नै हाम्रो खुसी हरिदिए जस्तो
आकाश देख्ने छानो हेरी सुत्नुपर्ने भयो
सधैँभरि साहुको हलो जोत्नुपर्ने भयो
हामी निमुखाले हजुर हामी निमुखाले ।