शनिवार |

टुलिप्स मेलाका अनुभूति

तेजेश्वरबाबु ग्वंगः

नजिकबाट आपैmँले संयुक्त राज्य अमेरिकामा मेसिगन स्टेट विश्वविद्यालयको विद्यार्थी जीवनकालमा आर्जेको प्रत्यक्ष आर्जनको ज्वलन्त उदाहरण उद्धरण गर्न चाहेको छु । सहकर्मी सहपाठीहरूसित ‘टुलिप्स मेला’ अवलोकन गर्न दुई सय माइल दूरीमा रहेको हल्यान्ड पुगँे । संयुक्त राज्य अमेरिकामा यस दूरीलाई सामान्य र नगन्य नै ठानिन्छ । हल्यान्ड त युरोपमा पर्ने एक मुलुक । अमेरिकामा हल्यान्ड कसरी ? मेरो मनको जिज्ञासा थियो । यही कौतुहलले नै मलाई सहपाठीहरूमाझमा हल्यान्ड पु¥याएथ्यो । दिवा समय त टुलिप्स मेला अवलोकनमै बित्यो । मेलामा दिन गुज्रेको पत्तै भएन छ । मेला त अनुपमै रह्यो । हल्यान्ड त युरोपबाट बस्ती सरेका मानिसको पुनस्र्थापित पुनरावृत्ति पो रहेछ । पुनरावृत्ति भन्नु दोस्रो संस्करण जस्तो भन्नुपर्छ । संस्कृत भाषामा पुनर+आवृत्ति= पुनरावृत्ति हुन्छ । फेरि दोहो¥याएर स्थापना गरेको, बनाइएको । युरोपेली बस्ती अमेरिकामा बसालिएको उही नाम स्वरूपको अर्को बस्ती । हल्यान्ड सहर अमेरिकी अन्य सहरभन्दा भिन्न रूपमा देखिन्छ । यस सहरको सडकका प्रत्येक लेन÷छेडोका बीच–बीचमा सुन्दर टुलिप्स नामक फूलका बेर्ना रोपेर ऋतु–ऋतुमा ढकमक्क फुलाएर सहर सुन्दरीकरण गरिराखेको देख्न पाइन्छ, देखेँ ।
युरोपमा हल्यान्ड बडेबडे यामानका ठूल्ठूला हावामिल स्थापना गरी ऊर्जा शक्ति उत्पादन गर्ने नामुद देश रहेछ । हावामिलको बखान हामीले पाठ्य सामग्रीमा मजाले अध्ययन गरेथ्यौँ । हल्यान्डका बन्धुहरूले हामीलाई अलि परको हावामिल देखाउन लगेर निकै शानसौकतसाथ बताएको अहिले झैँ लाग्छ । हल्यान्ड पुगेको ४० वर्ष नाघिसकेको छ । त्यसताका नै दुई सय वर्ष पुरानो भनेको त्यो हावामिलले अब त झन्डै अढाइ सय वर्ष लगभग हुने भयो । यस प्रसङ्गलाई संस्कार, संस्कृति र सम्पदासित नजोडिएर हुन्न । मानिसभित्रको यो, त्यो र यस्तै अनेकानेक विषयवस्तुगत धारणा र आत्मचेतले गर्दा नै हामी मानिस÷नृवंशहरू सांस्कृतिक जन्तु पनि कहलिँदा रहेछौँ । यो सांस्कृतिक सम्पदाका मोहक चेत हाम्रै भूगोलका यावत् नृवंशका साझा अन्तरमा आश्रित अनुपम अहम् चेत भन्न मन पराउँछु ।
छ जना सहपाठी एकट्ठा भएर हामी टुलिप्स मेलामा रमाउन गएका दिन मजैले बित्यो । साँझ झम्किनुअघि नै हामीले मेलापाते रेस्टुराँमा रात्रि खाना खायौँ । हामी ५ बजे साँझमै क्याफ्टेरियामा खाइसक्ने विश्वविद्यालयको नियममा आबद्ध र अभ्यस्त थियौँ । तीन जना हल्यान्डका सहपाठी मित्रले रात हल्यान्डमा गुजारा गरेर भोलि बिहानै कक्षामा सहभागी बन्ने हो कि जिज्ञासा तेर्साए । हामी तीन जना सहपाठी आपसमा हेराहेर गर्न थाल्यौँ । हामी उहाँहरूकै निजी गाडीमा एकएक जना अन्तर्राष्ट्रिय विद्यार्थी टाँसिएर हल्यान्ड मेलापात भर्न पुगेका थियौँ । तत्काल स्थानीय सहपाठीमध्ये एकले तपार्इंहरू स्वदेशी नभएकाले अमेरिकाली संस्कृति मुताबिक मित्रहरूलाई एकएक जना बाँडिएर हाम्रा घरआँगनमा आश्रय लिनुहुन प्रस्ताव गरेका हौँ भन्नुभयो । सहमति पनि भयो । घरआँगन प्रवेश ग¥यौँ । भरदिनको थकान पखालियो । अनि घरपति बाआमासित शिष्टाचार भेटघाट कुराकानी भयो । केही न केही सायम् जलखाइ लिने कि घरधनी बाआमाले जिज्ञासा राख्नुभयो । यो पनि देशीय शिष्टाचार लाग्यो । लाग्यो, कि यो पनि एउटा संस्कार हो । संस्कारबाटै संस्कृति निर्माण हुन्छ । संस्कृतिका समुच्चा एउटा सिङ्गो जत्थाबाटै सांस्कृतिक सम्पदाका सिङ्गो चाका बन्छ । हल्यान्डको टुलिप्स मेला सिङ्गो सम्पदाकै चाका हो । चाकाबाटै त हो; हामी विशुद्ध स्वास्थ्यवद्र्धक मह टप्किँदो पाउँछौँ ।
भरदिनको रमरम थकान मेटाउन मलाई पलङको आश्रय लिने चाहनाले काउकुति लगाउन थालिरहेको थियो । नेपाली नागरिक विद्यार्थी भइदिँदा उनीहरू आयामिक कुराकानी लम्ब्याउने चाहना दर्शाई रहेथे । उहाँहरूका आकाङ्क्षामाथि छलाङ मार्नु नेपालीहरू अशोभनीय तवरले अशिष्ट हुँदा हुने छाप छाडिनुपर्ने मनोविज्ञानभित्र मेरो राष्ट्रियताप्रतिको सम्मोहन लहसिरहेझैँ लागिरहेछ अझै । राष्ट्रियता बहुआयामिक भावनासहितको सचेतना रहेछ, पदीय दायित्व बोधमा बाँधिएको नासो मात्र रहेनछ र होइन पनि । यो त मौन र आत्मीय दायित्व बोधको नागरिक सजगता पो रहेछ ।
एक घण्टापछि त नौलो दिन झुल्कने समय कल्पले सङ्कल्प पूरा गर्ने भइसकेछ । यतिबेला अनायास मैले आफ्नो जिज्ञासा पोखेँ । सहपाठी साथीले सहज तवरले आत्म गौरवपूर्ण दम फेरिन् । म विवाहित छैन । यो मेरो प्यारो पुत्र हो । यसो सुन्दासुन्दै मेरो स्मृति पर्दा उघ्रियो । सन् १९७५ तिर मैले एल्भिन टफलरका ‘फ्युचर शक’ पुस्तक पढेको झँल्यास्स भयो । टफलर महाशयले एक ठाउँमा उल्लेख गरेका थिए । इस्वी संवत् २००० सम्ममा छताछुल्ल आम रूपमै श्रीमती साटासाटको संस्कार मण्डित पारिवारिक संस्कृति छ्यापछ्यापिनेछन् । मेरो मनले भन्यो मलाई यसको प्रारूप दाम्पत्य परित्याग÷पारपाचुके पक्कै हो । मलाई लाग्यो, मेरा सहपाठीका स्पष्टोक्ति टफलरका भविष्यवाणीका प्रभातकालीन मुहूर्त थियो नै । टफलरले ‘फ्युचर शक’मै उल्लेख गरेका थिए कि त्यतिञ्जेलसम्म मानिसहरूले ऐनाझैँ चहकिला टलकदार पहिरन लगाएर हिँड्डुल गर्नेछन् । हुन पनि अचेलभरि खासखास समारोह खेल महोत्सव आदिमा टलकदार पहिरन लगाई आउनेहरूका लुगा पहिरन देख्ने अवसर पाई नै रहेका छौँ ।
विभिन्न अवसरपूर्ण जीवन संस्कारका कालखण्डमा संस्कृतिले पनि काँचुली फेरिरहेकै हुन्छ । नृवंशीय सन्तति हामी सृष्टिका आदिम कालदेखि नै परिवर्तनशील रहिआएको छ र छौँ । मातृगर्भगृहका भ्रूण अवस्थादेखि नै अनेक रूपरङ्गमा विकसित भई आएका नाताले पनि हामीहरू स्वभावैले परिवर्तनका पक्षधर रहेका छौँ र नयाँपनको प्रवर्तनमा रुचि राख्छौँ । हामीले पुख्र्यौली परम्परागत संस्कारमूलक संस्कृति भनेर परिपालन गरिरहेको व्यवहार, आचरण जस्ताको तस्तै रहेका छैनन्, हुन्नन् । हाम्रा बाजे, बराजुहरू यदि बौरिएर यहाँ आए भने यो मेरो जन्मस्थल होइन भन्ने थिए । मै पनि चालै नपाई आमूल परिवर्तन भइसकेको छु । त्यसैले परिवर्तन र परिस्कारपूर्ण परिवर्तनका परिशीलन पनि प्राकृत संस्कारगत संस्कृति रहेको छ भन्ने आँट आउँछ । यस्तो अन्तरचेत खुल्न पनि दशकौँ दशकका आयु गुजार्नु पर्दो रहेछ भन्छु । अन्त्यमा भाषा, जीवन संस्कार, संस्कृति, सम्पदा यिनै चेतका सग्लो स्वरूपका धारणगत स्वीकृति पो रहेछ । टुलिप्स मेलाले मेरो अन्तरचेतमा भरिदिएको अनुपम आत्मानुभूति अहिले मात्र बाँडचुँड गर्न पाउँदा ज्येष्ठ नागरिक दायित्व कुम्ल्याउँदै गरेको अनुभूति पाएको छु ।