शनिवार |

यात्रा (कविता)

उमेश अकिञ्चन

म हिँडेको कतै
म रोकिएँ कतै

लामो बाटो हिँड्दाखेरी, पाइला दुख्ने धेरै
छोटो बाटो रोज्दा पनि, अर्थ हुन्न मेरै

म हिँडेको कतै
म रोकिएँ कतै

ताराको साथ खोज्छ मान्छे, जूनजत्रो हुन
खहरेलाई रोजेँ मैले, समुद्रलाई छुन

म हिँडेको कतै
म रोकिएँ कतै

फूलको जीवन ओइली झर्ने, काँडा किन रोजुँ
तिमीसम्म पुग्नलाई, बादल कहाँ खोजुँ ?

म हिँडेको कतै
म रोकिएँ कतै ।