टिकटक कला
गोविन्द मरासिनी
केही समय पहिलेसम्म युट्युबमा हेरेर गीतको चर्चा हुने गथ्र्यो । तर अचेल यो स्थान ‘टिकटक’ले लिएको छ । कतिपय गीत टिकटकमा ‘हिट’ भएपछि युट्युबमा चम्कन्छन् । गीतसङ्गीत मात्र होइन कतिपय टिकटक प्रयोगकर्ता भाइरल पनि हुन्छन् । आम्दानी गर्छन् । कतिपयलाई त कलाकार समेत बनाइदिएको छ ।
ट्विनी गल्र्सका नामले परिचित प्रिज्मा र प्रिन्सी खतिवडा टिकटककै कारण यतिबेला भाइरल हुनुभएको छ । उहाँहरूका लागि टिकटक नै कलाकारिताको प्रस्थान विन्दु बन्यो । नेपाली टिकटक प्रयोगकर्ताले मात्र नभई विदेशीले समेत उहाँहरूलाई पछ्याएका छन् । यति मात्र होइन् उहाँहरू अहिले नेपाली गीतसङ्गीतको बजारमा ‘मोडल’ समेत बन्नुभएको छ । उहाँहरूले धेरै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जितिसक्नुभयो ।
पछिल्लो समय टिकटकमा भाइरल बनेका सुधीर श्रेष्ठले पनि टिकटकबाट आम्दानी गर्नुहुन्छ । उहाँ पनि मोडलिङमा स्थापित हुने क्रममा हुनुहुन्छ । यी टिकटक प्रयोगकर्ता त केही उदाहरणीय पात्र मात्र हुन् । यसको सही सदुपयोग गर्दै आफ्नो कलाकारितालाई तिखार्ने अन्य थुप्रै प्रयोगकर्ता छन् । सामाजिक काममा पनि यसको सहयोग हुँदै आएको छ । सूचनाको स्रोतका रूपमा प्रभावकारी बन्दै छ । गीतसङ्गीत र सिनेमाको बजार प्रवद्र्धनमा सहयोग पनि पुगेको छ । यसरी टिकटक ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भैmँ बन्न पुगेको छ ।
नेपालमा मात्र होइन सामाजिक सञ्जाल
‘टिकटक’ अहिले विश्वभरि नै लोकप्रिय छ । यसो हुनुमा टिकटक एपमा मोबाइल प्रयोगकर्ताले आफ्नो छोटो भिडियो बनाएर अपलोड गर्दा पृष्ठभूमिमा सङ्गीतको छनोट र सम्पादन सुविधाले गर्दा हो भन्न हिच्किचाइरहनु पर्दैन ।
सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले ‘डाउयिन’ नाम दिएर स्थापना गर्नुभएको ‘टिकटक’ एपले अहिले विश्व नै हल्लाएको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभरका १५५ देशका करिब ८० करोड मानिस यसको सक्रिय प्रयोगकर्ता छन् । ४५ वटा भाषामा प्रयोग भएको छ ।
सुरुवाती समयमा नेपाली युवामा लोकप्रिय यो एप अहिले सबै पुस्ताको रोजाइ बनेको छ । सबैखाले क्रियाकलाप, घुमफिर होस् वा पारिवारिक जमघटमा मोबाइल तेस्र्याएर टिकटक बनाउने र अपलोड गर्ने एक किसिमको संस्कृति नै बसिसकेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दी र निषेधाज्ञामा यसका प्रयोगकर्ता ह्वात्तै बढेका छन् । केही वर्ष पहिलेसम्म अन्य सामाजिक सञ्जालमा रमाउनेहरू अहिले टिकटकमा रमाउन थालेका छन् । त्यसैले कसरी हुन्छ आफ्नो भिडियो राम्रो बनाउने र सबैभन्दा धेरै ‘लाइक’,
‘फलोवर्स’ र कमेन्ट पाउन आतुर हुनेहरू थुप्रै छन् । तर एक पटक सोचौँ, कतै रमाइलो गर्ने र ‘हिट’ हुने नाममा समाजलाई नकारात्मक असर पर्ने सामग्री त छरेका छैनौँ । पक्कै पनि, टिकटकका कतिपय भिडियो समाजमा सकारात्मकभन्दा नकारात्मक असर पार्ने खालका भेटिन्छन् । जस्तो कि कतिपय भिडियो परिवारसँग बसेर हेर्न पनि लाज लाग्ने खालका, महिलालाई होच्याइएका र अश्लील शब्द प्रयोग गरिएका हुन्छन् । जुन शब्द भोलिका दिनमा नयाँ पुस्ताले अनुसरण नगर्लान् भन्न सकिन्न ? त्यसैले रमाइलो गर्ने र फुर्सदको समय सदुपयोग गर्ने नाममा समाजलाई नकारात्मक असर पार्ने सामग्री अपलोड गर्न यसका प्रयोगकर्ता सचेत बन्नैपर्छ ।
लोकप्रिय बन्नकै लागि टिकटकमा अश्लील शब्द बोल्नु, समाजलाई अपाच्य हुने क्रियाकलाप गर्नु, अनावश्यक अङ्ग प्रदर्शन गरेर भिडियो सार्वजनिक गर्नु कतिको न्यायोचित होला ? त्यस्तै पुरुषको लुगा महिला र महिलाको लुगा पुरुषले लगाएर नाचेको भिडियो समेत देख्न पाइन्छ । केहीका लागि त यो घरझगडा निम्त्याउने बीउसमेत बन्ने गरेको छ । एकोहोरो टिकटकमा व्यस्त हुँदा घरको काममा ध्यान नजाने, पारिवारिक बेमेल हुने, विद्यार्थीको पढाइमा असर पर्ने, निरन्तरको प्रयोगले बालबालिकामा लत बस्नुका साथै मानसिक असर पर्ने र देखासिकी गर्ने बानीको विकास यसका प्रयोगकर्ता देखा पर्न सक्छ । त्यसैले यसतर्पm सचेत हुन आवश्यक छ ।
टिकटकको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको भारतमा यसले अश्लीलता फैलाएको भन्दै गत वर्ष प्रतिबन्ध लाग्यो । तर यो निर्णय लामो समय टिक्न सकेन् । फेरि चीन र भारतबीच लद्दाखमा भएको झडपपछि भारतले पुनः टिकटकसहित ५९ वटा एपमा प्रतिबन्ध लगायो । अघिल्लो वर्षको तथ्याङ्क अनुसार भारतमा १२ करोडभन्दा बढी टिकटक प्रयोगकर्ता रहेका छन् ।
यस्तै टिकटककै कारण अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । अमेरिकाले पनि टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । यद्यपि अमेरिकाबाट टिकटकमा भिडियोहरू अपलोड भने भइरहेका छन् । इन्डोनेसियाले पनि टिकटकलाई केही समय प्रतिबन्ध लगाएको थियो भने हङ्कङले पनि बन्द गर्ने जनाउँदै आएको छ । जापानलगायत अन्य केही मुलुकमा पनि प्रतिबन्ध लगाउने विषय विचाराधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कतिपय मुलुकले भने टिकटकमा अपलोड गरिएका सामग्रीमाथि कडा निगरानी राखेका छन् । चीनले पनि टिकटकमा अश्लील सामग्री पोस्ट नगर्न र गरिएमा कारबाही गर्ने चेतावनी दिएको छ । अपलोड गरिएका सामग्रीको अनुगमन गर्ने कुनै नियामक निकाय नहुँदा नेपालमा पनि टिकटकमा प्रतिबन्ध लगाउनेबारे कहिलेकाहीँ चर्चा त हुने गर्छ । तर के गर्ने भन्ने कुरोको टुङ्गो लाग्न सकेको छैन । त्यसैले टिकटकको सकेसम्म सही सदुपयोग गरौँ, धेरै समय खेर नफालौँ, देखासिकी नगरौँ, बालबालिकालाई टिकटकको ‘क्रेजी’ नबनाऔँ