शनिवार |

‘आफैँलाई खोज्दा’भित्र पस्दा

जुनारबाबु बस्नेत

सपना बाँकी, कर्म बाँकी नियतिलाई कुर्नु नै छ
यात्रा आखिर एउटा बिन्दुमा, रोकिनु त छँदै नै छ ।
लब्धप्रतिष्ठित अर्थशास्त्री विश्वम्भर प्याकु¥यालको ‘आफैंलाई खोज्दा’ कृतिको अन्तिम बिसौनी हो यो । उहाँले सानो कविताले कृतिलाई टुङ्ग्याउँदै जीवनको सार अभिव्यक्त गर्नुभएको छ । अर्थशास्त्रका प्रिय प्राध्यापक, दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा श्रम खर्चेर आफ्नो अलग्गै छवि बनाउन सफल प्याकु¥यालको साहित्य, सङ्गीत र कलाप्रतिको अनुराग समकालीन पुस्ताका लागि ओझेलमा परेको आयाम थियो । कृतिले कूटनीतिक आयामसहित ती सबै पक्ष सतहमा ल्याइदियो । यो उहाँको आफ्नै कथा हो, आफैँले लेखेको । यसको सच्चाइको मूल जिम्मेवारी उहाँमै छ । हुन त यो विगत हो तर त्यतिमात्र किञ्चित होइन । कृतिले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्य, जीवनवृत्ति, मनोदशा, प्रेम, दर्शन आदि अनेकौँ आयाम, आकाङ्क्षा र विडम्बनाको गहन विश्लेषण गर्न अध्येतालाई बाध्य बनाउँछ ।
विषय सूचीका हिसाबले पुस्तक २२ शीर्षकमा विभक्त छन् । मैले आँखा उघारेको धर्तीबाट सुरु हुन्छ जीवन कथा । संवत् २००६ साल भदौ १९ गते अर्थात् राणाकालको अन्तिम प्रहरमा उहाँ जन्मनुभयो बर्दियाको गुलरियामा । काभ्रेबाट काठमाडौँमा आई १० पुस्ता बिताएको प्याकु¥याल परिवारमा उहाँका पिता कीर्तिनाथ प्याकु¥याल मात्र कुन बाध्यताले नयाँ मुुलुकको अनकन्टार बर्दियामा पुग्नुभयो ? त्यो भेद आफूले सात दशक पार गर्दा पनि खोल्न नसकेको उहाँको स्पष्टोक्ति छ ।
जीवनका पाँच दशक प्राज्ञिक अनुसन्धानमा बिते पनि पिता बर्दिया किन पुग्नुभयो र पिताले बालवयमै के–कति समयका लागि उहाँलाई काकासँग काठमाडौँ पढ्न पठाउनुभएको थियो भन्ने कुरा स्पष्ट छैन उहाँलाई । सत्यको कसम खाएर पनि उहाँले यी कुरा बाहिर ल्याउनुुभएन । काठमाडौँले उहाँलाई शिक्षा र साहित्यको उर्वर फाँट दियो । सपना र शिक्षाको आधार दियो । अमृत साइन्समा भर्ना भएको विद्यार्थीलाई बाध्यताले मानविकी अनि अर्थशास्त्रको प्राध्यापक बनायो । ती नागबेलीभित्र अनेक जटिल गाँठा पाउन सकिन्छ ।
काठमाडौँको ठमेलस्थित काकाको घरपरिवारलगायतका सोच र यथार्थ क्षितिज, शान्ति विद्यागृहको अध्यापन, नेसनल कलेजको विद्यार्थी राजनीति र सङ्गीतप्रतिको आकर्षणलाई प्रतिष्ठाको प्रतीक, अनेक हन्डर खाएर पासपोर्ट लिए पनि विदेश जान नपाएको पीडा, काकाका घर छाडेर आत्मनिर्भर हुने यत्न आदि परिवेशभित्र पाठकलाई पाँच दशकअघि पु¥याउँछ । त्यस क्रम हुँदै विश्वविद्यालय कीर्तिपुरमा भाषण दिएको साँझ नै केन्द्रीय कारारामा बास हुन पुगेको प्रसङ्गले नेपालको कठोर पञ्चायती राजनीतिक इतिहासको प्रतिविम्ब झल्कन्छ । नयाँ पुस्तालाई मौजुुदा स्वतन्त्रताको मूल्य खोज्न प्रेरित गर्छ ।
केन्द्रीय कारागारमा रहनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईको सङ्गत उहाँको जीवनको अनुपम मोड हो । राजनीतिको त्यो कठोर कालरात्रिमा उहाँलाई प्रजातन्त्रप्रतिको फराकिलो राजमार्ग देखायो तर त्यसका लागि उहाँले झोले कार्यकर्ता बन्ने बाटो लिनुभएन । छ महिना कारावासपछि प्याकु¥यालले आफूलाई अगाडिको प्राज्ञिक मार्ग खोज्नुभयो ।
मनको आकाङ्क्षालाई बाहिरी संसारको यथार्थसित र लक्ष्यतर्फ आत्मसात् गर्नु, गर्न बाध्य बनाउनुु जो कसैलाई सजिलो हुुँदैन । छ महिनाको कारावास बसाइले उहाँलाई त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक प्रवेशमा अनेक काँडा तेस्र्यायो । अर्थशास्त्र केन्द्रीय विभागमा अध्यापन थालेको १० महिनासम्म पनि नियुक्ति पाउनुभएन । अराष्ट्रिय तŒवको बात लाग्यो । त्यति बेलाको निरङ्कुुश कालरात्रिका लागि छ महिनाको केन्द्रीय कारावास मुटुको किलो हुने नै भयो । धन्न पशुपतिशमशेर जबराको विधायिकामा प्रवेशसँगै मिलेको सामीप्यले अर्थशास्त्र केन्द्रीय विभागमा बाटो खुल्यो । प्राध्यापनका अविस्मरणीय ३९ वर्ष सम्भव भयो ।
नारायणगोपाल, हरिभक्त कटुवाल, गोपाल योञ्जनसँग साहित्य, कला र सङ्गीतमा बिताएका क्षणलाई उहाँले अलग–अलग शीर्षकमा सम्मान गर्नुुभएको छ । केही स्रष्टा, केही सिर्जना, हरिभक्त कटुवाल ः विनम्रताका पर्याय, सम्मोहनको एउटा नाउँ नारायणगोपाल, गोपाल योञ्जन ः सृष्टिको अनुपम उपहार प्राध्यापक प्याकु¥यालको बहुआयामिक प्रतिभाको विस्तार हो । एक युवा त्यति ऊर्जावान् कसरी सम्भव भयो ? उत्तरका लागि पनि कृति पढ्नुपर्छ ।
नेसनल कलेजमा स्नातक अध्ययन गर्दा विद्यार्थी राजनीतिसँगै सिर्जना र लेखनमा उहाँले आफूलाई अब्बल बनाउनुभएको देखिन्छ । रेडियोमा गीत बज्न थालेका थिए भने गोरखापत्रको शनिवासरीयले उहाँका सिर्जनालाई अब्बल स्थान दिन थालेको थियो । उहाँ सगौरव त्यो पारिश्रमिकले आफ्नो खर्च धान्न सहयोग गरेको धेरै ठाउँमा दोहो¥याउनुहुन्छ । संवत् २०२० कै दशकदेखि उहाँको लेखन यात्राले विश्वम्भर प्याकु¥यालको फराकिलो जग निर्माण गर्न थालेको थियो र त्यसमा गोरखापत्र दैनिकको भूमिकालाई उहाँले अनेक अवयवमा कृतज्ञता व्यक्त गर्नुभएको छ ।
महŒवाकाङ्क्षाविहीन मानिसको लक्ष्य हुँदैन । पाँच वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेपछि अन्तर्राष्ट्रिय डिग्रीबिना आफ्नो ज्ञानको दायरा सीमितमात्र हुने गहन बोधले उहाँलाई अमेरिकी विश्वविद्यालय जान प्रेरित ग¥यो । त्यो दुरुह बाटो लगभग पसिना आर्जित निजी खर्चमा छिचोल्नु त भयो तर विश्वविद्यालयले बिदा दिएन । उहाँले जोखिम मोल्नुभयो । जोबन ढल्कँदै थियो । मन परेका मायालुहरू गीतका सिर्जना भएर रेडियोमा बज्थे । रचनामा छापिन्थे । जीवन भने एक्लो थियो । त्यस्तैमा उहाँ लाग्नुभयो सपना बोकेर अमेरिका ।
अमेरिकामा लगभग आफ्नै खर्चमा दोस्रो डिग्री स्नातकोत्तर त गर्नुुभयो तर योग्यताअनुसारका काम नपाउँदा वैकल्पिक काममै उतै वर्ष दिन बित्यो । विद्यावारिधिको ताल्चा खुल्न सकेन । अब्बल आय हुन थालेको वैकल्पिक कामलाई चटक्कै छाड्नु सजिलो थिएन । त्यही बीचमा उहाँलाई पितृ शोक प¥यो तर छ महिनापछिमात्र थाहा पाउनुभयो । आजभन्दा चार दशकअघिको सञ्चार त्यस्तो थियो । आज निमेषभरमा संसारभर खबर पुग्छ । उहाँ फर्कनुभयो । अर्थशास्त्र केन्द्रीय विभागको अध्यापन, अनुसन्धान, साहित्य, सङ्गीत, साथीभाइ, विद्यावारिधि आदिले जीवन सोचेजस्तो फुर्सदिलो भएन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्राध्यापक आवासगृहको बसाइ अनि दिनरात काम मात्रै, झन्डै आधा शताब्दी एकल उडानमै बित्यो । विवाहतिर सोच्ने फुर्सदसम्म भएन ।
‘धन्य गृहस्थाश्रम’मा उहाँले वैवाहिक जीवन प्रवेशलाई सरल तवरले प्रस्तुत गर्नुभएको छ । दुई बच्चापछि पतिसँग पारपाचुके गर्नुुभएकी प्राध्यापक ज्योति भण्डारीसित विवाहको सुयोग र त्यस सेरोफेरोको परिघटनालाई उहाँले कष्टसाध्य यथार्थ लेख्नुभएको छ । समाज परिवर्तनलाई आदर्श परिकल्पनाको नारा बनाउने तर यथार्थलाई कुरा काट्ने विषयमात्र बनाउने परिवेश नेपाली समाज थियो र छ अझै । यो सन्दर्भमा दुई प्राज्ञ ज्योति र प्रा.डा. प्याकु¥यालले समाजमा अब्बल क्रातिकारी विम्ब बनेको विरालाकोटी उदाहरण हो । क्रान्तिकारी भन्नेहरूका लागि मुखै बुझो लाग्ने जवाफ पनि हो । तर त्यसलाई उहाँका ९० वर्षका काकाबाहेक कमैले मुख खोलेर प्रशंसा गरे ।
प्रा.डा. प्याकु¥याल अर्थशास्त्रको उम्दा प्राध्यापक अनि अर्थराजनीतिक विश्लेषक र विकास अर्थशास्त्रमा औकात राख्ने सीमित प्राज्ञभित्र पर्ने प्राणी भएर पनि शासकीय मूल मियोमा भने पर्न सक्नु भएन । रुचाइएन भन्दा हुन्छ । स्वतन्त्र विश्लेषकभन्दा अनुचरकै बढी मानमनितो भएको र त्यही नै अविकासको कारण बनेको मुलुकी यथार्थलाई कृतिको अनेक शीर्षकले छिचोल्ने यत्न गरेको छ । सानो जिम्मेवारीको क्रममा पनि उहाँलाई प्राध्यापककै पदबाटै निलम्बन गर्नेसम्मको भ्रष्टाचारको फत्तुर लगाइयो । वर्षौंपछि अदालत कारबाहीले सफाइ त दियो तर उहाँले व्यहोर्नुभएका ती कष्टको मोल कसले तिर्ने र ? अस्पतालको शøयामा अचेत भएका ती दिनपछि फर्किएको जीवनलाई सम्बोधन गर्दै ‘सुतिसकेथेँ मृत्युको निद्रा, कुन शक्तिले ब्यूँझाइदियो’ सार लेख्नुभएको छ । हुन पनि यो बीचमा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवले खारिएका अर्थशास्त्रीलाई कूटनीतिज्ञ बनाइदियो कोलम्बोमा । लन्डन, वासिङ्टन नभए पनि टोकियोको कार्यभार दिएर राज्यले लाभ लिनुपर्ने व्यक्तिलाई कोलम्बो दिए पनि उहाँले बीचमै त्यसलाई त्याग गर्नुभयो कूटनीतिक प्रशासनको बेवास्ताले । राजनीतिको झरी बादलले ।
कूटनीतिक नियुक्ति ः भ्रम र सपनाको दुनियाँलाई हाम्रा कूटनीतिक नेतृत्वले गहन रूपमा लिए देशले लाभ लिन्थ्यो होला । प्रा.डा. प्याकु¥याल हारे पनि देशले जित्ने थियो होला । कृतिमा केही प्रसङ्ग अर्थतन्त्रका अनि सार, सारांश र जीवनमा बौद्धिक खुराक हुने अनेक विषयवस्तु उठान गरिएका छन् ।
समग्रमा प्रा.डा. प्याकु¥यालको यो कृति उहाँकै जीवनलहरो भए पनि जीवन र वृत्तिमै मात्र सीमित छैन । कृतिले देश बोलेको छ । समाज बोलेको छ । हाम्रा अविकासको कारण खोतलेको छ । निराशा मात्र छैन, सम्भावनाका ढोका देखाइदिएको छ । जीवन र दर्शन बोलेको छ । कृतिलाई अझ सिलसिलेबार बनाउन सकिन्थ्यो, क्रमबद्धतालाई थप गहन बनाउन सकिन्थ्यो । दोस्रो पृष्ठमै सन् २०६८ को जनगणना भन्ने त्रुटि फेला पर्छ । किसुनजीको प्रसङ्गमा पूर्वसभामुख भएकाले कारावासमा मन्त्रीसरहको सुविधा भनिएको भए अझ राम्रो हुन्थ्यो । किसुनजी पूर्वमन्त्री हो त भन्ने कतिपय पाठकलाई भ्रम पर्न सक्छ । यस्ता मसिना कमीकमजोरी भए पनि कृति अब्बल आत्मकथा बनेको छ । कुशल निर्माताले यसमा चलचित्र बनाउन सक्छ । आत्मकथामा सिर्जना भएको अनेक द्वन्द्व, प्रेम र दर्शन आदिले फराकिलो दायरा सम्बोधन गर्न सक्ने चलचित्र बन्न सक्छ । असल निर्माताका आँखा लाग्न सक्छ ।