शनिवार |

भइदिए (कविता)

सुनिप क्षेत्री

सपना एउटै
देख्ने दुई जोडी आँखा भइदिए
सपना, आँखामै सीमित रहने थिएन ।

आवाज एउटै
सुन्ने दुई जोडी कान भइदिए
आवाज, अन्तरमनमै सीमित रहने थिएन ।

चाहना एउटै
चाहने एक जोडी मन भइदिए
चाहना, मनमै सीमित रहने थिएन ।

कामना एउटै
कल्पिने एक जोडी आत्मा भइदिए
कामना, कल्पनामै सीमित रहने थिएन ।

धड्कन एउटै
धड्किने एक जोडी मुटु भइदिए
धड्कन, छातीमै सीमित रहने थिएन ।

साथ एउटै
सारथि एक जोडी ज्यान भइदिए
साथ, सपनामै सीमित रहने थिएन ।