सन्त्रास–यथार्थ (कविता)
नरनारायण ‘वत्स’
धेरै दिन भयो कि कसो हो कुन्नी
आज मैले आकाशतर्पm नियालेँ
बादलका लेग्रा र थेग्ला मात्रै
टम्म आकाश टसमस गर्दैन
उज्याले पनि धुमिल छ
पर क्षितिज साह्रै धुम्मिएको छ
धमरधुस आकाशले
सूर्यको किरणलाई किन किन छेकेर
दिन नै नउघ्रने गरी डम्म ढाकेको छ
बिहानैदेखि
किन हो कुन्नी मन पनि भारी छ
टसमस गर्दैन मन
केही बोझले थिचिएजस्तो
कुनै सामान्य अनिष्टले घेरेजस्तो
जाँगर छैन–न मनमा, न तनमा
त्यसै त्यसै
चडपर्व खल्लो खल्लो अनुभूति छ
आजभोलि
के के हो के के
चारैतिर सन्त्रास नै सन्त्रास पैmलिए जसरी
मनभित्र पनि
कुइरिमण्डल छ सन्त्रास
आपैmँमा पोखिएर– दिनजस्तै
सायद भोलि पनि यस्तै दिन हुने हो भने
मान्छे बाँच्ने बाध्यतामा
अत्महत्या गर्ने मन बाँधिन्छ कि कसो हो
भन्नै सकिन्न ।