शनिवार |

टुर दे फिज

विष्णुप्रसाद शर्मा पराजुली

फ्रान्सका केही मित्रहरूसँग नेपालको हिमालय क्षेत्रमा पदयात्रा गरेको थिएँ । उनै मित्रहरूको निम्तोपत्रले होला फ्रान्सको भिसा पाउन समस्या भएन । म र मेरी श्रीमती सुशीला २०७६ साल भदौ २० गते टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै फ्रान्सको राजधानी पेरिस पुग्यौँ । पेरिसमात्र घुम्न कम्तीमा एक साता चाहिन्छ । हाम्रो दुई दिनको पेरिस घुमाइ त्यहाँको भूमिगत मेट्रो फुत्तफुत्त भागेझैँ मात्र भयो, झल्याकझुलुक । पेरिसलाई थाती राखी टिजीभी रेल सेवाबाट पेरिसदेखि ४१५ किलोमिटरको दूरी तीन घण्टामा पूरा गरी दक्षिण–पूर्व जेनेभानजिक रहेको क्लुदिन दिदीको सहर आनमास पुग्यौँ ।
युद्ध, राजनीतिक दमन, आर्थिक मन्दीजस्ता मार खेप्नुपरे पनि मानवजीवनको उच्च मूल्याङ्कन गर्दै पश्चिमाले यातायात, स्वास्थ्य, शिक्षा, रोजगारको विषयमा उच्चतम विकास गर्दै अत्यधिक सुविधा भोग गरिरहेका छन् । फलस्वरूप रेलमार्ग, राजमार्ग, भूमिगतमार्ग, जलमार्ग, जलमु(िनबाट बनाइएका मार्ग, हवाईमार्ग सबैमा उनीहरूले अत्यधिक विकास गरेका छन् । उनीहरूले राजनीति, युद्ध र विकासका पाटालाई फरक–फरक कोणबाट निरन्तर अगाडि बढाए । हामीले त्यस्तैप्रकारको विकास गर्ने अकुत सम्भावना भएर पनि सायद राजनीतिमा मात्रै सयौँ वर्ष खर्च ग¥यौँ र अलमलियौँ । अनि साह्रै नराम्रोगरी पछि पनि प¥यौँ । मानवीय मूल्यलाई महŒव दिएको भए नेपालमा पनि युरोपमा जस्तै विकास हुने थियो ।
हामी नेपालबाट फ्रान्स गएका थियौँ । छोरी डा. सुनिता अमेरिकाबाट पेरिस पुगेकी थिइन् । हाम्रो भ्रमण दक्षिण–पूर्वी फ्रान्स, जेनेभा र युरोपको सबैभन्दा अग्लो अल्पस पर्वत माउन्ट ब्लाँ (४,८१० मिटर) वरपर केन्द्रित थियो । त्यसभित्र पाँचवटा फरक–फरक ठाउँ र प्रकृतिका रमाइला पदयात्रा रहेका थिए । त्यसैमध्येको एक पदयात्रा थियो ‘टुर दे फिज’ अर्थात् फिज अल्पस पर्वतको परिक्रमा । स–साना खोला, झरना, ताल, घाँसेउपत्यका, फूल, चुनढुड्ढा र कार्सटिक चट्टानका अति नै तीखा, चुनौतीपूर्ण चुचुरा, माउन्ट ब्लाँ पर्वत र त्यसवरपर इटालीसम्म फैलिएका हिमपर्वतको दृश्य र पहाडी घरको बास दुईदिने टुर दे फिजको सबैभन्दा महŒवपूर्ण अंश थियो ।
हामी आनमासको कम्फोर्ट होटेलमा बस्यौँ । टुर दे फिजका लागि आनमासबाट ५५ किलोमिटर टाढा रहेको दु लिगोनसम्म कारमा गयौँ । कार पार्क गर्ने वरपर नेपालको हिमाली क्षेत्रमा काठले बनेकाजस्ता स–साना लज थिए । त्यस्ता लजलाई त्यहाँ ‘रिफ्युज’ भनिँदोरहेछ । त्यसबेला हामी तीन नेपालीसहित क्लुदिन, पास्कल, मुरियल, दोमिनिक, मारयुस र बाबेत गरी नौजना थियौँ ।
कार पार्क गरेपछि करिब तीस मिनेट वनको गर्गरे ढुड्ढाको बाटो हिड्यौँ । गर्गरे बाटोमा यात्रुको सुरक्षाका लागि फलामे बार राखिएको थियो । यात्रु लर्केर नलडून् भनेरै काठका फल्याक ठोकेर सिँढीहरू बनाइएका थिए । पानी बाटोमा नजाओस् भनेर काठ र फलामका डुँड राखिएका थिए । प्रत्येक घुम्ती, दोबाटो र चौबाटोमा पुग्न लाग्ने समय, त्यहाँबाट देखिने अल्पस पर्वत, तालतलैया, जनावर, चट्टानबारे जानकारीसहितको नक्सा ठाउँठाउँमा राखिएका थिए । नेपालमा अति चर्चित पदमार्गमा पनि साइनबोर्ड छैनन् । बिस्कुट, चाउचाउका खोस्टा हेर्दै ‘बाटो यही हुनुपर्छ’ भन्दै गन्तव्यमा लाग्नुपर्छ । फ्रान्समा भने आफू कुन ठाउँमा जाने हो, नक्सा हेर्दै उक्त स्थानमा पुग्न बाधा पर्दैन । करिब आधा घण्टा हिँडेपछि हामी सुन्दर दे ला प्लुरुज झरनानजिक पुग्यौँ । झरनालाई पृष्ठभूमिमा राखेर तस्बिर लियौँ । त्यसपछि हामी दुई समूहमा बाँडियौँ ।
क्लुदिन, बाबेत, सुशीला झरना झरेको ले गिफ्रेखोलाको सजिलो र छोटो बाटो हुँदै क्लुदिनको अल्पसको पर्वतीय घर चलेतिर लागे । हामी छजना अलि फेरो, अलि साहसिक करिब सात घण्टा हिँडेर कार्सटिक चट्टान चढेर साँझ सोही पर्वतीय घरमा पुग्नेगरी अर्को बाटो लाग्यौँ ।
हामीले अन्नपूर्ण परिक्रमा भनेजस्तै यो फिज पर्वतको परिक्रमा हो । यस पर्वतवरपर धेरैप्रकारका पदयात्रा गर्न सकिँदोरहेछ । युरोपको सबैभन्दा अग्लो अल्पस पर्वतमालादेखि नजिक रहेका यी पर्वतहरूमा पदयात्रा गर्न संसारभरकै पर्यटक पुग्दारहेछन् । जेठदेखि भदौसम्म यहाँ पर्यटककोे अत्यधिक भीडभाड हुने जानकारी पास्कलले दिएका थिए । फ्रेन्च नागरिक तन्दुरुस्त रहन त्यसप्रकारको पदयात्रा हरेक साता गर्दा रहेछन् । त्यसैले नेपालको हिमालय पर्वतको पदयात्रामा पनि उनीहरूलाई कठिन नहुँदोरहेछ ।
सामान्य उकालो चढेपछि हामी सानो भञ्ज्याङ पार गरेर दे एन्तर्नेको पाटनमा पुग्यौँ । पूर्व–पश्चिम फैलिएको त्यो पाटन चुनढुड्ढाको पर्वतले घेरिएको रहेछ । हरियो घाँस र ढकमक्क फुलेका थरीथरीका फूलले सजाएझैँ पाटन सुन्दर देखिएको थियो । मृग र झारल पाइने भए पनि त्यसबेला भने हामीले देख्न पाएनौँ । त्यहाँबाट माउन्ट ब्लाँको अति नै मनमोहक र हिउँले ढाकिएर गमक्क परी बसेको चुचुरो देख्दा मैले कास्की, स्याङ्जा, पर्वतको गल्छेडोबाट विविध रूपमा झुलुक्क देखिने अन्नपूर्ण दक्षिणलाई झल्याँस्स सम्झेँ । हाम्रा पर्वतलाई हिमालय र युरोपका पर्वतलाई अल्पस भनी नामकरण गरे पनि आखिर हिउँ त हिउँ नै हो । त्यो सेतै हुन्छ । अनि मनमोहक पनि हुन्छ । त्यसले मानवलाई लोभ्याउँछ, लेकाली फूलले भँवरालाई लोभ्याएझैँ । त्यस दृश्यमा अलमलिएको बेला साथीहरू अगाडि पुगेर मलाई पर्खंदै थिए । घाँस, ढकमक्क फुलेका लेकाली फूलहरू भएको
सानो उपत्यकामा हिँड्दा शरीर हलुङ्गिएर फुरुङ्गिएको थियो ।
हलुका उकालो चढेपछि दे एन्तर्ने उपत्यकामा प्रवेश ग¥यौँ । यो उपत्यका पहिलोभन्दा फराकिलो र अझ सुन्दर देखिन्थ्यो । सफा मौसममा देखिएको नीलो आकाश, हिउँले ढाकिएका पर्वत र चट्टानको दृश्यले यात्रालाई रोमाञ्चक पारेको थियो । नयाँ ठाउँ भएकाले नयाँ के देखिन्छ भन्दै आँखा र मन तुलबुलाउँदै कहिले नीलो आकाश, कहिले सेता तीखा ढुड्ढैढुड्ढको पर्वत, कहिले चराचुरुड्ढी, कहिले फूलहरू त कहिले सेता हिमपर्वतमा पुगेर ठोकिन्थे । त्यो स्थान समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा थियो । एकाध भेटिने यात्रुले हामीले
‘नमस्ते’ भनेझैँ ‘बोँजु’ भन्दै अभिवादन गर्थे ।
युरोपमा समुद्री सतहदेखि दुई हजार पाँच सयदेखि तीन हजार मिटर अग्ला भञ्ज्याङ पार गर्नु, भञ्ज्याङमा पुग्नु वा त्यत्तिकै उचाइका ठाडो चट्टान डोरीको भरमा चढ्नु साहसिक यात्रा गर्नु हो । फ्रान्स र स्वीट्जरल्याण्डमा भने यति उचाइ धेरै ठाउँमा पाइन्छ । ती क्षेत्रमा पदयात्रा, चट्टान आरोहण गरी रमाउने बालकदेखि असी वर्षसम्मका यात्रीको घुइँचो नै हुन्छ ।
हामी दे एन्तर्ने नाम गरेको सानो तालकिनारमा पुग्यौँ । वातावरण अति नै शान्त भएको हुनाले उपत्यकाको दुवैतिर रहेका चट्टान र नीलो आकाश दे एन्तर्ने तालमा विश्राम गरेकोजस्तो देखिन्थ्यो । समुद्री सतहदेखि दुई हजार ६३ मिटरको उचाइमा रहेको दे एन्तर्ने तालले ११ हेक्टर भूभाग ओगटेको छ भने गहिराइ १३ मिटर छ । त्यसबेला मलाई यस्तो लाग्यो कि चुनढुड्ढाका पर्वतमाला र नीलो आकाश त्यो तालमा पौडी खेल्दै पिरतीका कुरा गरिरहेका छन् ।
चट्टान प्राचीन चुनढुड्ढाको समुद्री सतह हो । भौगर्भिक उतारचढावले त्यो पर्वत विभिन्न आकृतिमा रूपान्तरित भएको देखिन्थ्यो । ताल भएको उपत्यका निकै शान्त, रमणीय र प्रिय थियो । तालमा पुगेपछि हामीलाई शुभयात्रा भन्दै मुरियल र दोमिनिक अर्को बाटो हुँदै कार राखेको ठाउँतिर फर्के । हामी दे एन्तर्ने भञ्ज्याङतिर चढ्यौँ । हिमाली कागहरू हाम्रो वरपर कावा खाइरहेका थिए ।
पश्चिमाहरू समयको पछि दौडिन्छन् । त्यसैले आर्थिक विकास गरे । त्यसैगरी बिदाको बेला प्रकृतिसँगको खेल पनि उनीहरू धोको पु¥याएर खेल्छन् । त्यसैले त आइस जमेको तालमुनि पौडिने, हिउँमा स्की खेल्ने, नाङ्गा कठिन अल्पस पर्वत चढ्ने, हिमालय पर्वत चढ्न र पदयात्रा गर्न नेपाल आउने गर्छन् । उनीहरूले जति प्रकृतिको स्वाद र प्रकृतिबाट मनोरञ्जन कमैले लिन्छन् होला ।
दे एन्तर्ने भञ्ज्याङमा पुगेपछि त्यहाँबाट देखिने मनमोहक दृश्यले हाम्रा आँखाको डिल फराकिलो पार्न बाध्य पा¥यो । त्यहाँबाट युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ, एग्विली दु मिदिका तीखा चुचुराहरू, चुचुरासम्म पुग्ने केवल कार, हिमगुफा, फराकिलो हिमनदी र असङ्ख्य अन्य तीखा अल्पस पर्वत इटालीसम्म फैलिएका थिए । पहाडहरू एक–अर्कासँग कसिलो अँगालोमा बाँधिएका युवकयुवतीजस्ता थिए । धुपीको हरियो वन, वनभित्र लुकेको पर्यटकीय र पर्वतीय सहर चामोनिक्स र सेता हिमपर्वतले अँगालो हालेको उपत्यका देख्दा जोकोहीलाई पनि नलठ्ठ्याइरहन सक्दैनथे ।
फ्रान्सको दे एन्तर्ने भञ्ज्याङमा उभिएर पूर्वतिर फर्केर त्यस वरपर देखिएका अल्पस पर्वतमालाको लामो ताँती देख्दा मलाई नेपालको झल्को लाग्यो । यस्तो लाग्यो कि म पुनहिलमा उभिएर माछापुच्छ«ेदेखि गन्धर्वचुली, गड्ढापूर्ण, खाङ्सार काङ, अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण र हिउँचुली हेरिरहेको छु । उनीहरूसँग भलाकुसारी गरिरहेको छु । हामीले बिहानको पहारको न्यानोपनको स्वाद लियौँ । त्यहाँबाट इटालीसम्मका पर्वतहरूको दृश्य हेर्दै ‘प्याक लन्च’ खायौँ । त्यो घनीभूत आनन्दमा थप ऊर्जा फ्रेन्च रेड वाइनले दिएको थियो । त्यसपछि ओरालो ओर्लेर फिज पर्वतको फेद चले दे आयर्समा पुग्यौँ । दिउँसोको चर्को घामसँगै हामीले फिजको चले दे आयर्स चट्टान चढ्ने तयारी ग¥यौँ ।
चामोनिक्स उपत्यकाको पश्चिममा रहेको फिज पर्वत प्रकृति संरक्षण क्षेत्रमा पर्छ । सेतो चट्टानको अधिकांश भागमा धाँजा फाटेको देखिन्थ्यो । ती चट्टान कतैकतै खुकुरीको धारजस्ता धारिला थिए । कुनै चट्टान भने छुरीको टुप्पोजस्तै तिखारिएका थिए । चर्को घाममा नाड्ढो चट्टान चढ्नु सबैलाई कठिन हुन्छ नै । त्यहाँ यात्रुलाई सहज महसुस गराउन र कुनै पनि दुर्घटना नहोस् भन्नका लागि चट्टानमा फलामका डन्डी ठोकेर त्यसमा फलामको साङ्लो बाँधिएको थियो । पहरामा खुट्टा अड्याउन नमिल्ने भागमा फलामको डन्डी ठोकेर टेक्न मिल्ने खुड्किलो बनाइएको थियो । किला ठोक्न नमिल्ने ठाउँमा हाम्रो मुगुको लिस्नोभन्दा सजिला फलामकै भ¥याङ ठड्याइएका थिए । तीखा, धारिला र धाँजा परेका सेता दाह्रेचट्टान डोरी समातेर चढ्नुपर्ने भएकाले त्यसलाई साहसिक पदयात्राको कोटिमा राखिएको थियो । असजिलो ठाउँमा केटाकेटी, युवकयुवती र पाको उमेरका मानिसको भीड थियो । बलियाले पनि त्यहाँ पुगेर पर्खनुपथ्र्यो किनभने त्यहाँ अर्को बाटो थिएन । कोही यात्रु ओर्लन नसकेर र कोही चढ्न नसकेर रोएको पनि देखिन्थ्यो ।
भूगर्भविद्का अनुसार अल्पस पर्वतमाला सात करोड सत्तरी लाख वर्ष पहिले बनेको हो भने हिमालय पर्वतमाला पचास लाख वर्षपहिले मात्र बनेको हो । त्यसैले हिमालय पर्वतलाई संसारको कान्छो पर्वतमाला भनिन्छ । युरोपमा एक हजार पाँच सय मिटरको उचाइमा हिउँ लामो समय रहन्छ । वनस्पति तीन हजार मिटर माथि पाइँदैन ।
हामी बिस्तारै त्यो धार परेको ठाडो चट्टान चढ्दै गयौँ । आकाश फराकिलो हुँदै गएकाले उकालो सकिन थालेको अनुभव गरेँ । त्यसको केही क्षणपछि दुई हजार तीन सय मिटरको उचाइमा रहेको चले दे आयर्स भञ्ज्याङमा पुग्यौँ । भञ्ज्याङबाट पूर्वतिरका हिमपर्वत, पश्चिमको दे साल्ज उपत्यका र हामी बास बस्ने ‘चले’का कटेराहरू देखिएका थिए ।
त्यो साँझ अल्पस क्षेत्रमा खाने फ्रेन्च खाना फोन्दुसहित स्थानीय गुलियो वाइन, रेड वाइन र छ÷सात थरीको चीज खायौँ । चीज, चक्लेट र वाइनमा फ्रेन्च सौखिन हुन्छन् । भोलिपल्ट हामी ‘ले गिफ्रे’ खोलाबाट झरेका त्रेनात्त, साजेज, सुफाज र प्लुरुज झरना हुँदै ‘टुर दे फिज’ यात्रा पूरा गरेर दु लिगोनमा झ¥यौँ । यात्रामा झारल, मृग, मारमोत हामीभन्दा टाढा रहे पनि चराहरूले भने हाम्रो स्वागत खुसी भएर गरेका थिए ।
पदयात्रीको सुरक्षा गर्न राखिएका डोरी, बार, भ¥याङ, पहिरो गएको ठाउँको मर्मत, बाटोमा पानी जान नदिन रखिएका फलाम र काठका डुँड, गर्गरे भिरालोमा चिप्लो नहोस् भनी काठ वा ढुड्ढा ठोकेर बनाइएका टेका, ठाउँठाउँमा राखिएका नक्सासहितका सूचना पाटी देख्दा नेपालको पदम(ार्गको सम्झना भइरह्यो । पदयात्रीलाई चाहिने सामान्य सूचना पनि नदिँदा प्रत्येक वर्ष बाटो बिराएर दुर्घटनामा परेको सम्झेँ । नेपालमा पनि मानवको सुख, सुविधा र सुरक्षाका लागि राम्रो प्रबन्ध हुने युगको प्रारम्भ अवश्य हुनेछ । अनि प्रकृतिलाई माया गरेर त्यसबाट भरपूर स्वाद लिने दिन धेरै टाढा छैन भन्ने कुरा मनमनै सोचेँ । यस्तै कुरा खेलाउँदै मित्र मारयुसको सुविधा सम्पन्न कारभित्र छिरेँ र ‘टुर दे फिज’को अविस्मरणीय यादहरूलाई मनभरि सँगालेँ ।