शनिवार |

गीत

प्रीति कौर


समयले काटिएका पखेटाहरू फेरि पलाए
पीडाले बाँधिएका ओठहरू फेरि मुस्कुराए
समयले काटिएका पखेटाहरू फेरि पलाए

हुन त यी आँखाले ईश्वर कहाँ देख्छन् र
पूmलको खोजीमा काँडामात्र कहाँ भेट्छन् र
मरेका ती आशाहरू समयसँगै जुर्मुराए
पीडाले बाँधिएका ओठहरू फेरि मुस्कुराए

आपूmभित्रको विश्वास बोकी बढ्दै गएँ
साउने भेलहरू समयसँगै तर्दै गएँ
जिन्दगीमा रात हटेपछि सुनौलो बिहानी चिहाएँ
पीडाले बाँधिएका ओठहरू फेरि मुस्कुराए