शनिवार |

चञ्चल–चञ्चल मन (गीत)

रुकु कार्की

चञ्चल–चञ्चल मन भयो लौन बुझिदेऊ
टलपल–टलपल तन भयो लौन बुझिदेऊ

हाँस्दाखेरि खुसीहरू अधरमा चलाइदेऊ
परेलीका इसारालाई मुहारमा खुलाइदेऊ

के भो के भो यस्तो मलाई लौन जाँचिदेऊ
चञ्चल–चञ्चल मन भयो लौन बुझिदेऊ

चस्का लाग्छ कोखाभित्र आइ छामिदेऊ
सुस्केराले पि¥यो मलाई तिमी जानिदेऊ

पलपल कस्तो वाचा थियो अघि सम्झिदेऊ
चञ्चल–चञ्चल मन भयो लौन बुझिदेऊ