शनिवार |

गीत

अनन्त वाग्ले


म शुद्ध हुँदैछु, म बुद्ध हुँदैछु
म आफ्नै जीवनको चुचुरो छुँदैछु ।

यात्रा ठानेरै जीवनलाई हिँडाएँ
मुटु नै झिकेर मुटुमा भिडाएँ
कहाँ थिएँ म, कहाँ छुु आज
अन्योल भई म, एकलै रुँदैछु ।

मानवताको किनारा खोजेर
स्वार्थी छ दुनियाँ, स्वार्थै रोजेर
अज्ञान दहमा डुबेँ अञ्जानमा
मैलो यो मनको म आफैँ धुँदैछु ।