शनिवार |

चाहना (कविता)

पवनप्रसाद गोर्खाली


ए दाजुहरू, मिलेर बस, भाइलाई सघाऊ
पौरख हाम्रो, नेतृत्व तिम्रो, देशलाई जोगाऊ

बाझेर के भो, जो हारे नि, आमा नै रुने हो
हाँसेको आमा, देख्नु छ भने, मिलेरै बस्ने हो

सुनेर हेर, सबैको मुटु, धड्कन्छ एकै नास
मिलेर बसौँ, एउटै त छ नि, आमाको न्यानो काख

जागौँ न हामी, छँदैछ नि, आमाको आशीर्वाद
उनैको सन्तान, हौँ तिमी हामी, कसको चाहियो साथ

पौरख हाम्रो, जाँदैन खेर, दाजुको चाहियो साथ
देशका लागि, उठाउँछौँ हामी, स्वाभिमानी हात