शनिवार |

साहित्य

प्रकाशमणि दहाल

साहित्य यो अमृततुल्य मीठो ।
सन्जीवनीभैmँ अति नै गुणीलो ।।
समान यो लाग्दछ कामधेनु ।
जो दिन्छ जे पर्दछ माग्न जान्नु ।।

रहेछ सर्वाेच्च कला तथा यो ।
रहेछ सच्चा इतिहास नै यो ।।
मनुष्यका सृष्टिहरू जगत्मा ।
रहेछ सर्वोत्तम यो सबैमा ।।

साहित्य आकाश समान व्याप्त ।
रहेछ यो सागर भैmँ अमाप्य ।।
पहाड मानोँ कि चढी नसक्ने ।
लामो कि जो मार्ग हिँडी नसक्ने ।।

अज्ञानता नाशक जण्ड यो छ ।
सेवा पुगेमा अमरत्व दिन्छ ।
साहित्य साँच्चै छ विशिष्ट बुझ्दा ।
कृतज्ञतापूर्वक नित्य पुज्दा ।।

लाग्दैन अर्को यतिको छ सत्य ।
लागूँ यसैमा मन भन्छ नित्य ।।
साहित्य होस् नीँद र भोक, प्यास ।
बनोस् र यो जीवनको सुवास ।।