परिधि र परिभाषा ( कविता )
कुन्दनकुमार पन्त
जिन्दगीको परिधि
कसैले नाप्न सक्तैन
जिन्दगीको सिङ्गो परिभाषा
कसैले दिन सक्तैन
फरक परिवेश, भोगाइ, र दृष्टिकोणका
फरक परिभाषाहरू
सर्वमान्य हुन सक्तैनन्
मात्र यति भन्न सकिन्छ कि
जन्मदेखि मृत्यु बीचमा गरिने
हरक क्रियाकलापहरू नै
हरेकको जिन्दगीको
परिचायक बन्ने गर्छन्
मृत्युपश्चात् त्यही नै मूल्याङ्कनको
आधार बन्ने गर्छन् ।