कल्पनामा मान्छे यहाँ (कविता)
मुकेश राई
कल्पनामा मान्छे यहाँ जूनै झार्न खोज्छन्
शिखर चुम्ने चाह बोकी बदनाम हुने गर्छन् ।
आफ्नो रहर पूरा गर्न अर्कालाई घात गर्छन्
सक्कली मुहार लुकाई नक्कली बात गर्छन्
सामु पर्दा साइनो गाँसी गुण गाउने गर्छन्
पछि पर्दा हाँसी–हाँसी छुरा धस्ने गर्छन् ।
अर्काको दुःख देख्दा कोही आँसु झार्छन्
कोही आँसु देखाई यहाँ स्वार्थी जालमा पार्छन्
अनेक आस देखाई मान्छे झुटको खेती गर्छन्
अर्काको खुसी देखी आफैँ जली मर्छन् ।